नेपाली कांग्रेसको ३७ जनाको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । कांग्रेसको केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने प्रस्ताव गरेका हुन् । केन्द्रीय कार्य सम्पादन समितिका १३ जना पदाधिकारी र २४ जना केन्द्रीय सदस्यहरूलाई समेटिएको छ । कांग्रेसको विधानको धारा २३ को दफा १ र २ बमोजिम सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति प्रस्ताव गरेका हुन् । कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ ।
कांग्रेस विधानको दफा २३ मा केन्द्रीय कार्यसम्पादन समिति सम्बन्धी व्यवस्था रहेको छ । कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सह-महामन्त्री पदेन सदस्यका रूपमा रहनेछन् । त्यस्तै केन्द्रीय सदस्यहरूमध्येबाट समावेशी सिद्धान्तसमेतलाई ध्यानमा राखी ३१ जना कार्यसम्पादन समितिमा रहनेछन् । त्यसबाहेक केन्द्रीय कार्यसमितिको प्रवक्ता पनि स्वतः कार्यसम्पादन समितिको सदस्य रहनेछन् ।
सभापति देउवाले आज कार्यसम्पादन समिति गठन गर्ने भएपनि पूर्णसमिति भने बन्ने छैन । केन्द्रीय समितिले पूर्णता पाउन बाँकी रहेकोले आज पदाधिकारी, पूर्वपदाधिकारी र केही नेताहरूमात्रै समेटेर कार्यसम्पादन समिति गठन गर्न लागिएको हो । ‘आज पदाधिकारी, पूर्वपदाधिकारी र केही नेताहरु सम्मिलित कार्यसम्पादन समिति बन्नेछ । केही मनोनयन सभापतिले पछि गर्नुहुनेछ’, देउवानिकट एक नेताले नेपाल प्रेससँग भने ।
सभापति देउवाले कोषाध्यक्ष र प्रवक्ताको जिम्मेवारी तोक्न बाँकी छ । आजको बैठकले विधानअनुसार कार्यसम्पादनमा रहने ३१ जनामध्ये अधिकांशको टुंगो लगाउनेछ ।
कांग्रेस विधानअनुसार केन्द्रीय समितिको सम्पूर्ण अधिकार कार्यसम्पादन समितिले प्रयोग गर्न सक्नेछ । यद्यपि कार्यसम्पादनबाट भएका निर्णयहरु पछि केन्द्रीय समितिबाट अनुमोदन गरिनुपर्नेछ ।
यस्तो छ कांग्रेसको सम्भावित केन्द्रीय कार्यसम्पादन समिति :
शेरबहादुर देउवा – सभापति
रामचन्द्र पौडेल – वरिष्ठ नेता
पूर्णबहादुर खड्का – उपसभापति
धनराज गुरुङ – उपसभापति
गगन थापा- महामन्त्री
विश्वप्रकाश शर्मा महामन्त्री
फरमुल्लाह मन्सुर – सहमहामन्त्री
भीष्मराज आङदाम्बे – सहमहामन्त्री
उमाकान्त चौधरी- सहमहामन्त्री
महेन्द्र यादव – सहमहामन्त्री
महालक्ष्मी उपाध्याय डिना – सहमहामन्त्री
किशोरसिंह राठौंर- सहमहामन्त्री
बद्री पाण्डे – सहमहामन्त्री
जीवन परियार- सहमहामन्त्री
गोपालमान श्रेष्ठ
प्रकाशमान सिंह
विमलेन्द्र निधि
विजयकुमार गच्छदार
कृष्णप्रसाद सिटौला
डा.शशांक कोइराला
चित्रलेखा यादव
डा.रामशरण महत
अर्जुननरसिंह केसी
डा.प्रकाशशरण महत
सुनिलबहादुर थापा
डा.शेखर कोइराला
बलबहादुर केसी
बालकृष्ण खाण
ज्ञानेन्द्रबहादुर कार्की
उमा रेग्मी
रमेश रिजाल
डा.नारायण खड्का
जीपछिरिङ लामा
एनपी साउद
जीवनबहादुर शाही