देउमाई नगरपालिका आप्रवासी हकहित संरक्षण केन्द्रको अध्यक्षमा पवित्रा

देउमाई नगरपालिका आप्रवासी हकहित संरक्षण केन्द्रको अध्यक्षमा पवित्रा परियार चयन भएका छन् । केन्द्रको अध्यक्षमा पवित्रा परियार, उपाध्यक्ष इन्द्र पौडेल , सचिव समिक्षा मगर,सह-सचिव सुर्य धुतराज,कोषाध्यक्ष समीर कट्टेल रहेका छन् । सदस्यहरु क्रमशः मंगेस एक्तेन, योगेन कुमार राई, अनिता कटुवाल रहेका छन् ।  ११ सदस्यिय उक्त समितिलेको थप गर्ने छ ।  तीन सदस्य वडा नं.१,५,६ बाट प्रथम बैठकद्वारा वडाध्यक्षहरुको सिफारिसमा गरिने समितिकि अध्यक्ष पवित्रा परियारले बताइन् ।

 कार्यक्रम देउमाई नगरपालिका पालिका प्रशासकीय अधिकृत लक्ष्मी बरालको अध्यक्षतामा भएको साे  अभिमुखिकरण कार्यक्रममा वडाको आप्रवासी परिवार सदस्य र रिटर्निहरुको उपस्थितिबाट भएकाे हाे । उक्त आप्रवासी हकहित संरक्षण केन्द्रको निर्माण भएको र अभिमुखिकरणमा सुरक्षित आप्रवासन परियोजना इलामका कार्यक्रम संयोजक इश्वरी तामाङ्ग र सामी/ हेल्भेटासको कार्यक्रम अधिकृत रामकुमार लाल कर्णले सहजीकरण गरेका थिए भने परियोजना देउमाई रिटर्नी स्वयंसेवक खगेन्द्र खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार