इलाम नगरपालिका १० मा ‘कृषि प्रवर्धन विकास’ कार्यक्रम संचालन - Ilam Aawaj

इलाम नगरपालिका १० मा ‘कृषि प्रवर्धन विकास’ कार्यक्रम संचालन

इलाम नगरपालिका वडा नं १० ले किसान लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । कृषि औजार र बिउ बिजन वितरण तिव्र रुपमा संचालन भईरहेको छ ।

शुक्रबार मात्र २९ थान काउम्याट र च्यापकटर मेसिन वितरण गरिएको वडाध्यक्ष रोम बहादुर लुङ्गेलिले बताएका छन् । पशुपालन गरि दुध उत्पादन गर्ने नौ उत्कृष्ट पशुफार्महरुलाई काउम्याट वितरण गरिएको हो भने अन्य २४ जना किसानलाई च्यापकटर मेसिन वितरण गरिएको वडाध्यक्ष लुङ्गेलिले जनाए । किसानले २५ प्रतिशत लागत सहभागितामा अनुदान पाएका हुन् ।

वडाको चालु आ‍।व‍ २०७८।७९ को स्विकृत वडा स्तरीय कृषि प्रर्वधन विकास कार्यक्रम अन्तरगत दर्ता गरि सञ्चालनमा रहेका कृषि तथा पशुपालन व्यवसायीक फर्महरुको स्तरोन्नतिका लागि मागमा आधारित फार्महरुलाइ २९ थान काउम्याट , मागमा आधारित २४ जना पशुपालक कृषकहरुलाइ २४ सेट च्यापकटर मेशिन वितरण भएको वडाले जनाएको हो ।

वडा कार्यालयको ६ लाख र कृषि फर्म तथा पशुपालक कृषकहरुको १ लाख ९० हजार १ सय २५ रुपैया लागत सहभागिता गरि कुल ७ लाख ९० हजार १ सय २५ रुपैया बराबरको प्रविधि हस्तान्तरण गरिएको हो ।

कृषिजन्य वस्तु चियाको उत्पादनमा बृद्धि गराउन, जैविक चिया उत्पादक सहकारीको क्षमता अभिबृद्धिमा प्रविधि पुर्ण अनुदान सहयोग अन्तर्गत ३ सेट डिजिटल तौल गर्ने मेशिन र वडाका पशुचिकित्सक एवंं प्राविधिकहरुको व्यवसायको सिप तथा क्षमता अभिबृद्धि गर्न ए। आ। इ। गर्ने मेशिन उपकरण र २ वटा व्यवसायीक फर्मलाइ बडि जो मेशिन सेट हस्तान्तरण गरिएको छ ।

किसानको प्रतिकृया

इलाम नगरपालिका वडा नं १० ले किसानको पक्षमा थुप्रै काम गरेको भन्दै कृषि प्रवर्धन विकास कार्यक्रम प्रशंसायोग्य रहेको लाभान्वित किसानले बताए । ब्यवसाहिक पशुपालन गरि दुध बिक्री बाट नै आम्दानी गरिरहेका किसानका लागी यो कार्यक्रम प्रभावकारी रहेको पाईएको छ ।

डाला घाँसको सबै हाँका टुक्र्याएर बस्तुलाई दिँदा घाँसको मात्रा कम लाग्ने,समयको बचत हुने र मल समेत फुक्ने हुँदा अति नै उपयोगि रहेको किसान प्रकाश अधिकारीले बताएका छन् ।

सबै किसानलाई एकैपटक वितरण गर्न समस्या भएपनि प्राथमिकताका अधारमा पहिचान गरि वितरण गरिएकोमा आफुहरु खुशि रहेको अर्का किसान युवराज ढुगानाले बताए ।

घाँस कै अभावमा एक माउ मात्र गाई पाल्नु परिरहेका धेरै किसानको समस्या समाधान हुने र किसानले मेसिन पाएपछि गाईको संख्या थपेर ब्यवसाहिक पशुपालन गर्न सक्ने बताउँछन किसान प्रेम खड्का ।

वडा अध्यक्ष रोम बहादुर लुङ्गेलीको अध्यक्षतामा एवं नगर कार्यापालिका सदस्य सावित्रि राइको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा , पशु शाखा प्रमुख प्रकाश लुइटेल र कृषि शाखा प्रमुख उपेन्द्र नेपालको बिषेश आतित्थ्यता रहेको थियो । पशु शाखा प्रमुख लुइटेलले वडा नं १० लाई पशु सम्वन्धि आवश्यक तालिम दिने प्रतिबद्धता ब्यक्त गरेका छन् भने कृषि शाख प्रमुख नेपालले किसानलाई कृषि परिचयपत्र वितरण गरिने बताएका छन् । उनले विभिन्न वडालाई कृषिजन्य बिउविजन वितरण कार्यक्रम बढाउने बताएका छन् ।

वडा सदस्यहरु समेतको उपस्थितमा हस्तान्तरण गरिएका सामानहरु वडा कार्यालयद्धारा घर घरमा नै पुर्याउने व्यवस्था समेत गरिएको वडा सचिव खड्ग बस्नेतले बताएका छन् । वडाले समानुपातिक रुपमा प्रविधि हस्तान्तरण गरेको दाबि गर्दै वडा सचिव बस्नेतले किसान लक्षित अन्य कार्यक्रम आवश्यकताका आधारमा संचालन गर्दै लैजाने बताएका छन् ।

  

इलाम नगरपालिका वडा नं १० ले किसान लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । कृषि औजार र बिउ बिजन वितरण तिव्र रुपमा संचालन भईरहेको छ ।

शुक्रबार मात्र २९ थान काउम्याट र च्यापकटर मेसिन वितरण गरिएको वडाध्यक्ष रोम बहादुर लुङ्गेलिले बताएका छन् । पशुपालन गरि दुध उत्पादन गर्ने नौ उत्कृष्ट पशुफार्महरुलाई काउम्याट वितरण गरिएको हो भने अन्य २४ जना किसानलाई च्यापकटर मेसिन वितरण गरिएको वडाध्यक्ष लुङ्गेलिले जनाए । किसानले २५ प्रतिशत लागत सहभागितामा अनुदान पाएका हुन् ।

वडाको चालु आ‍।व‍ २०७८।७९ को स्विकृत वडा स्तरीय कृषि प्रर्वधन विकास कार्यक्रम अन्तरगत दर्ता गरि सञ्चालनमा रहेका कृषि तथा पशुपालन व्यवसायीक फर्महरुको स्तरोन्नतिका लागि मागमा आधारित फार्महरुलाइ २९ थान काउम्याट , मागमा आधारित २४ जना पशुपालक कृषकहरुलाइ २४ सेट च्यापकटर मेशिन वितरण भएको वडाले जनाएको हो ।

वडा कार्यालयको ६ लाख र कृषि फर्म तथा पशुपालक कृषकहरुको १ लाख ९० हजार १ सय २५ रुपैया लागत सहभागिता गरि कुल ७ लाख ९० हजार १ सय २५ रुपैया बराबरको प्रविधि हस्तान्तरण गरिएको हो ।

कृषिजन्य वस्तु चियाको उत्पादनमा बृद्धि गराउन, जैविक चिया उत्पादक सहकारीको क्षमता अभिबृद्धिमा प्रविधि पुर्ण अनुदान सहयोग अन्तर्गत ३ सेट डिजिटल तौल गर्ने मेशिन र वडाका पशुचिकित्सक एवंं प्राविधिकहरुको व्यवसायको सिप तथा क्षमता अभिबृद्धि गर्न ए। आ। इ। गर्ने मेशिन उपकरण र २ वटा व्यवसायीक फर्मलाइ बडि जो मेशिन सेट हस्तान्तरण गरिएको छ ।

किसानको प्रतिकृया

इलाम नगरपालिका वडा नं १० ले किसानको पक्षमा थुप्रै काम गरेको भन्दै कृषि प्रवर्धन विकास कार्यक्रम प्रशंसायोग्य रहेको लाभान्वित किसानले बताए । ब्यवसाहिक पशुपालन गरि दुध बिक्री बाट नै आम्दानी गरिरहेका किसानका लागी यो कार्यक्रम प्रभावकारी रहेको पाईएको छ ।

डाला घाँसको सबै हाँका टुक्र्याएर बस्तुलाई दिँदा घाँसको मात्रा कम लाग्ने,समयको बचत हुने र मल समेत फुक्ने हुँदा अति नै उपयोगि रहेको किसान प्रकाश अधिकारीले बताएका छन् ।

सबै किसानलाई एकैपटक वितरण गर्न समस्या भएपनि प्राथमिकताका अधारमा पहिचान गरि वितरण गरिएकोमा आफुहरु खुशि रहेको अर्का किसान युवराज ढुगानाले बताए ।

घाँस कै अभावमा एक माउ मात्र गाई पाल्नु परिरहेका धेरै किसानको समस्या समाधान हुने र किसानले मेसिन पाएपछि गाईको संख्या थपेर ब्यवसाहिक पशुपालन गर्न सक्ने बताउँछन किसान प्रेम खड्का ।

वडा अध्यक्ष रोम बहादुर लुङ्गेलीको अध्यक्षतामा एवं नगर कार्यापालिका सदस्य सावित्रि राइको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा , पशु शाखा प्रमुख प्रकाश लुइटेल र कृषि शाखा प्रमुख उपेन्द्र नेपालको बिषेश आतित्थ्यता रहेको थियो । पशु शाखा प्रमुख लुइटेलले वडा नं १० लाई पशु सम्वन्धि आवश्यक तालिम दिने प्रतिबद्धता ब्यक्त गरेका छन् भने कृषि शाख प्रमुख नेपालले किसानलाई कृषि परिचयपत्र वितरण गरिने बताएका छन् । उनले विभिन्न वडालाई कृषिजन्य बिउविजन वितरण कार्यक्रम बढाउने बताएका छन् ।

वडा सदस्यहरु समेतको उपस्थितमा हस्तान्तरण गरिएका सामानहरु वडा कार्यालयद्धारा घर घरमा नै पुर्याउने व्यवस्था समेत गरिएको वडा सचिव खड्ग बस्नेतले बताएका छन् । वडाले समानुपातिक रुपमा प्रविधि हस्तान्तरण गरेको दाबि गर्दै वडा सचिव बस्नेतले किसान लक्षित अन्य कार्यक्रम आवश्यकताका आधारमा संचालन गर्दै लैजाने बताएका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार