चुम्लुङ इलाम नगर अध्यक्षमा राम

 किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिका शाखा समितिको अध्यक्षमा राम लिङ्दम निर्वाचित भएका छन् ।

विहीबार इलाम सदरमुकाममा भएको नगर शाखाको दोस्रो अधिवेशनबाट लिङदम सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनबाट लिङदमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका छन् ।

उपाध्यक्ष वसन्तकुमारी लिम्बू, सचिव बिक्रम फियाक, सहसचिव बिजय फागो र

कोषाध्यक्षमा प्रमिला लिङदम निर्वाचित भएका छन् ।

सदस्यहरुमा बिपना लिम्बू, प्रेमराज सोङमी, इन्द्रकुमारी थेबे, मनकुमार लोक्ताम, सरिता लावती, कौशिला लिम्बू, बुद्धिमान फागो, पदम केरुङ र धनमाया येक्तेन निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार