सत्ता गठबन्धनको शनिवार बिहान बसेको बैठकमा स्थानीय तह निर्वाचनका विषयमा सहमति नजुटेपछि अपराह्न ४ बजे पुनः बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।
निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सरकार समक्षा मिति प्रस्ताव गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्थानीय निर्वाचनका लागि दबाब दिएकी छन् । सञ्चारमाध्यम र सोसल मिडियामा पनि स्थानीय निर्वाचन गर्नु पर्ने माग बढेपछि सरकार र गठबन्धन दबाबमा परेको छ ।