अब लाइसेन्स रिन्यू इलामबाटै, ट्रायल पनि चाडै शुरु हुने

कार्यालय प्रमुख छविलाल खतिवडा सेवाग्राहीलाई लाइसेन्स रिन्यू गरेर वितरण गर्दै

इलाम।पूर्वी पहाडलाई सेवा प्रदान गर्ने गरी स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालय इलामले सवारी चालक अनुमति प्रमाणत्रको (लाइसेन्स) नविकरण शुरु गरेको छ । सदरमुकामस्थित यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमति प्रमाणपत्रको नविकरणको काम थालेपछि इलाम, पाँचथर र ताप्लेजुङबासीलाई सहज हुने भएको छ ।

कार्यालयमा सवारी साधन अनुमतिपत्र प्रदान सम्बन्धी ‘सफ्टवेर सिस्टम’ जडान गरिएसँगै सेवा शुरु गरिएको कार्यालय प्रमुख छविलाल खतिवडाले बताए । यातायात व्यवस्था विभागको केन्द्रबाट आएको प्राविधिक टोलीले सफ्टवेर सिस्टम जडान गरेपछि मंगलबार तीन जना सेवाग्राहीको सवारी चालक अनुमति पत्र नविकरण गरिएको खतिवडाले जानकारी दिए ।

यसअघि झापाको विर्तामोडबाट सेवा लिनुपर्दा हैरान व्यहोरेका सेवाग्राहीलाई इलामबाट सेवा शुरु भएपछि सहज भएको पूर्वेली जीप तथा ट्याक्सी प्रालि इलामका अध्यक्ष गृष्म सुब्बाले बताए । ‘ताप्लेजुङ देखिका सेवाग्राहीले झापा गएर सेवा लिंदा पालो कुर्न पनि गाह्राे भएको अवस्था थियो ।’ सुब्बाले भने ‘अब धेरै सजिलो भएको छ, इलामसहित पाँचथर ताप्लेजुङ समेतका सर्वसाधारणले सहज ढंगले सेवा लिन्छन् भन्ने आशा छ ।’

नयाँ सवारी दर्ता, नाम सारी, सवारी जाँच पास, रुट पर्मिट लगायतका काम इलामबाटै शुरु भएको छ । नयाँ सवारी चालक अनुमति पत्र प्रदान गर्न पनि कार्यालयले काम अघि बढाएको छ । ‘अब सावरी ट्रायल गराएर यहाँबाटै नयाँ अनुमति पत्र प्रदान गर्ने लक्ष्य छ ।’ खतिवडाले भने ‘यसका लागि आवश्यक तयारी भइरहेको छ।’ नयाँ अनुमति पत्र जारी गर्न इलाममा केन्द्रीय प्राविधिक टोलीले ट्रायल सेन्टरको पनि अनुगमन गरेर फर्किसकेको छ ।

यसअघि झापाको विर्तामोडबाट सेवा लिनुपर्दा हैरान व्यहोरेका सेवाग्राहीलाई इलामबाट सेवा शुरु भएपछि सहज भएको पूर्वेली जीप तथा ट्याक्सी प्रालि इलामका अध्यक्ष गृष्म सुब्बाले बताए । ‘ताप्लेजुङ देखिका सेवाग्राहीले झापा गएर सेवा लिंदा पालो कुर्न पनि गाह्राे भएको अवस्था थियो ।’ सुब्बाले भने ‘अब धेरै सजिलो भएको छ, इलामसहित पाँचथर ताप्लेजुङ समेतका सर्वसाधारणले सहज ढंगले सेवा लिन्छन् भन्ने आशा छ ।’

चालू आर्थिक वर्षको माघ महिना सम्ममा इलामबाट दुई हजार दुई सय निजी मोटरसाइकल र स्कुटर, ३३ वटा सरकारी मोटरसाइकल, चारचक्के १५ वटा, भाडा टेम्पो सातवटा निजी टेम्पो नौंवटा, पिकअप गाडी चारवटा, एउटा स्काभेटर र नौंवटा ट्याक्टर नयाँ दर्ता भएको कार्यालयले जनाएको छ । सोही अवधिमा सात करोड ४४ लाख छ सय ७२ रुपैयाँ राजश्व संकलन भएको कार्यालयको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार