४० बर्ष भारतीय जेलमा विताएका दुर्गाप्रसादकी आमाकाे निधन

मृतक धनमाया र उनका जेठा छाेरा दुर्गाप्रसाद । दुर्गाप्रसाद भारतीय जेलबाट छुटेर आएपछि आमासँगकाे भेट हुँदाकाे क्षण ।

४० बर्ष भारतीय जेलमा विताएका इलाम माइ नगरपालिकाका दुर्गाप्रसाद तिम्सिनाकी आमा धनमायाकाे निधन भएकाे छ ।

धनमायाकाे आज निधन भएकाे हाे । उनका नाति गोपाल तिम्सिनाका अनुसार आइतबार बिहान उनको लुम्बाकस्थित घरमै निधन भएको हो। ‘दुई-चार दिनदेखि हजुरआमाका हातगोडा सुन्निएका थिए। म ठूलोबुवालाई लिन विराटनगर आएको थिएँ,’ गोपालले भने,‘हजुरआमा त आज बिहान बितिहाल्नुभएछ। ठूलोबुवा र म अहिले झापा पुगेका छौं।’

दुर्गाप्रसाद गोपालका ठूलोबुवा हुन्। कलकत्तास्थित दमदम सेन्ट्रल जेलबाट छुटेर पोहोर साल घर आइपुगेका दुर्गाप्रसाद गाउँले जीवनसँग घुलमिल हुन सकेनन्।

चार दशक जेलमा बिताएकाले होला उनलाई गाउँमा निकै गाह्रो भयो। गाउँमा असहज भएपछि दुर्गाप्रसादलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको थियो। दुर्गाप्रसाद र धनमायाकाे भेट भएकाे एक बर्ष पनि पुगेकाे छैन । दुर्गाप्रसाद धनमायाकाे जेठा छाेरा हुन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार