प्रदेश-१ को राजधानीका लागि जग्गा खोज्न कार्यदल गठन

प्रदेश १ सरकारले प्रदेशको राजधानीका लागि जग्गा खोजी गर्न कार्यदल गठन गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश कार्यालयका प्रशासनिक संरचनाहरु बनाउन आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा प्रदेश राजधानी जग्गा व्यवस्थापन कार्यदल गठन गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

जसको सदस्यमा विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, बुढीगंगा गाउँपालिका, इटहरी उपमहानगरपालिका र सुन्दरहरैचा नगरपालिका प्रमुख र सदस्य सचिवमा मुख्‍यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार महाशाखाका सचिव रहने छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार