प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता सञ्चलन हुने


इलामको माई नगरपालिकामा प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता सञ्चलन गरिने भएको छ ।

राष्ट्रिय युवा संघ माई नगर कमिटीको आयोजनामा युवाहरुको फागुण २१ गतेदेखि फागुन २९ गतेसम्म वडा स्तरीय फुटवल प्रतियोगिता सञ्चालन गरिन लागेको युवा संघका इलाम जिल्ला कार्यालय सदस्य तथा माई नगर संयोजक कुमार लिम्बुले जानकारी दिए ।

कुल ११ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा पुरुष फुटवल प्रतियोगिताको बिजेता टीमले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेता टीमले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।

त्यस्तै महिला बिजेता टीमले नगद २५ हजार ट्रफी, मेडल र प्रमाण पत्र र उपबिजेताले नगद १५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने नगर खेलकुद विकास समितिका भीम तामाङले जानकारी दिए ।

शहिदहरुले सहादत प्राप्त गरेको सुखानीको संझनामा माईका वडा स्तरीय टीमको सहभागितामा शहिद सप्ताहा अन्तर्गत पुरुष फुटवल प्रतियोगिता र महिला फुटवल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

शहिद रामनाथ दहाल, कृष्ण कुईकेल, नेत्र घिमिर, नारायण श्रेष्ठ र बीरेन रानबंंशीले सहादत प्राप्त गरेको ऐतिहासिक स्थल सुखानीको संझनामा माई–४ कै सुक्रबारे खेलमैदानमा फुटवल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

माई–४ कै सुखानीमा २०३१ साल फागुण २१ गते पञ्चायती शासकहरुले झापाबाट इलाम जेल सार्ने बाहानामा ५ जना शहिदहरुको हत्या गरेको थियो ।

आगामी २१ गते हुने उद्घाटन कार्यक्रममा हास्य कलाकार राजा राम लगायतको प्रस्तुती सहित बिभिन्न जात-जातिका झाँकी प्रस्तुती गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार