‘पुष्पा’मा यसकारण जोडिएनन् महेश बाबु

साउथ स्टार अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म सावित भइसकेको छ। हरेक वर्गका दर्शकले यो फिल्मलाई मनपराएका छन्। फिल्मको गीतदेखि लिएर कलाकारको अभिनयसम्मले जोकोहीको मन जितेको छ।

फिल्ममा सबैभन्दा बढी मनपराइएको काम अल्लू अर्जुनको अभिनय हो । तर सायद कमैलाई थाहा होला कि यो फिल्ममा निर्माताको रोजाईमा अल्लुभन्दा अगाडि अर्का स्टार महेश बाबु थिए।

निर्माताले यो भूमिकाका लागि सबैभन्दा पहिला तेलुगू स्टार महेश बाबुलाई प्रस्ताव गरेका थिए। निर्देशक सुकुमार महेश नै ‘पुष्पाः द राइज’का लागि उपर्युक्त पात्र हुन् भन्ने कुरामा ढुक्क थिए। त्यसका लागि उनले कैयौं पटक महेश बाबुसमक्ष प्रस्ताव लगेका थिए।

‘वास्तविकता भन्दा महेश बाबुले एन्टी–सोसियल भूमिकामा अभिनय नगर्ने कसम खाइसकेका छन्। यद्यपि महेश बाबुलाई फिल्मको स्क्रिप्ट निकै मनपरेको थियो। तर उनलाई यो भूमिका आफ्ना लागि उपर्युक्त नहुने लाग्यो। किनकी उनी एन्टी–सोसियल भूमिकामा विश्वास गर्दैनन्’, फिल्म निकट स्रोतले भनेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार