दानाबारी रेडक्रसको आय/व्यय २ लाख १४ हजार

नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको १७औं साधारण सभा सोमबार सम्पन्न भएको छ । स्वास्थ्य मापदण्ड अपनाई सीमित सहभागितामा सम्पन्न साधारण सभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माईका प्रमुख दिपककुमार थेवेले व्यानर वाचन र शत्र वटा मैनबत्ती प्रज्वलन गरे। मेयर थेवेले मन,वचन र कर्मले मानवीय सेवा गर्ने पवित्र संस्था रेडक्रसमा रही समाज सेवा गर्ने आफूलाई पनि चाहाना भएको बताए ।

उपशाखा पूर्वसभापति कृष्ण खाकीले कोभिडका कारण ३ सय सदस्य रहेको शाखामा सिमित सदस्यको सहभागितामा संक्षिप्त साधारण सभा सम्पन्न गरिएको बताउदै आगामी ६ महिना पछि साधारण सभा सम्पन्न गरिने वताए ।

कार्यक्रममा कोषाध्यक्ष शिव आचार्यले २ लाख १४ हजार ३५ रुपैयाको प्राप्ति र भुक्तानी विवरण र सचिव गुराँगाईले बार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार