नेविसंघको महाधिवेशन गराउन दबाब

नेपाली काँग्रेसनिकट विद्यार्थीले पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन छिटो गर्न दबाव दिएका छन् ।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसका विद्यार्थीले नेविसंघको महाधिवेशन तत्काल गर्न नेताहरूलाई आग्रह गरे । उनीहरूले नेविसंघका पूर्वअध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरलाई पत्र बुझाउँदै छिटोभन्दा महाधिवेशनको निर्णय गर्न आग्रह गरेका छन् ।कांग्रेस केन्द्रीय सदस्य महरले भातृ संस्थाहरूको महाधिवेशन गराउन आफूहरूले पनि पदाधिकारीहरूलाई दबाव दिएको बताए ।

‘मैले पार्टीमा अनौपचारिक रुपमा तदर्थ समिति बनाएर नेविसंघलगायतका सबै भातृ संस्थाहरूको महाधिवेशन छिटो गरौं भनेर दबाव दिँदै आएको छु । तर, पार्टी पदाधिकारीहरुले नै त्यसलाई गम्भीर रुपमा नलिएको अवस्था छ । …पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई महाधिवेशन छिटो सम्पन्न गराउन तपाईंहरूले जर्बजस्त रुपमा दबाव दिनुहोस्’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार