गजल

पद भनेपछि मर्छ को?नेपाली त हुँदै हैन ।
अरुको खेदो गर्छ को?नेपाली त हुँदै हैन ।
गरीबी को कोसी तर्न सक्दै नसके पछि
सात समुद्र तर्छ को ?नेपाली त हुँदै हैन ।
पुजिपुजी ढुङ्गा मुर्ति र ज्योतिषी धाइकन
भाग्यको भर पर्छ को? नेपाली त हुँदै हैन ।
थिए हिजो अधि सर्ने देखे पछि दुश्मन
ऐले पछी सर्छ को ? नेपाली त हुँदै हैन।
जनको आशको गाग्रो बोकेर पुगि धारामा
आफ्नै मात्र भर्छ को ? नेपाली त हुँदै हैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार