माईमा भूमि आयोग स्थापना

इलाम, इलामको माई नगरपालिकामा आज राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना गरिएको छ । जिल्लामा भूमि आयोग गठनपछि पहिलो पटक माईमा कार्यालय गठन भएको हो । केहीदिनअघि मात्रै भूमि आयोग जिल्ला अध्यक्षमा भक्त केसी नियुक्त भएका छन् । माईमा धेरैजसो धनीपूर्जाविहिन किसान र सुकुम्बासी रहेकाले तत्काल कार्यालय स्थापना गरिएको बताइएको छ ।

आयोगका केन्द्रीय सदस्य दाताराम खनाल, जिल्ला अध्यक्ष भक्त केसी र नगरप्रमुख दीपककुमार थेवेको अगुवाइमा कार्यालय स्थापना गरिएको हो । माईमा ७२ प्रतिशतमा ऐलानी जग्गा रहेकाले तत्काल काम सुरु गर्ने केन्द्रीय सदस्य खनालले बताए । जग्गालाई व्यवस्थापन गर्न र सुकुम्बासी पहिचान गर्न पहिलेकै आयोगको कामलाई निरन्तरता दिने खनालले सुनाए ।

यसअघि अभिनारायण खनालको अध्यक्षतामा आयोग गठन गरिएको थियो । सोही आयोगले स्थानीय तहमा सुकुम्बासी पहिचान गर्न थालेको थियो । त्यसबेला दलित, सुकुम्बासी र भूमिहिन तीन वर्गमा बाँडेर आयोगले धनीपुर्जा वितरण थालेको थियो । वर्तमान आयोगले समेत सोही तवरले काम गर्ने खनालले बताए । कार्यालय स्थापना गर्दै आयोग अध्यक्ष केसीले आफ्नो कार्यकालमा सबै सुकुम्बासीलाई धनीपूर्जा पु¥याउने प्रविद्धता जनाए । नगरका छ वडामा ट्रावसै भइ पाइन्ट स्थापना भइसकेको र अरु काम पनि हुँदै गरेको कार्यक्रम संयोजक लक्ष्मण भुर्तेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार