वैदेशिक राेजगारीका नाम ठगिए इलामका युवा : युराेपियन मुलुक लैजानेभन्दै लाखाै लिएर एक युवा फरार

युरोपमा बैदेशिक रोजगारीमा लैजाने भन्दै झापाका एक युवाले इलाम र झापाका युवाहरूलाई ठगेको भन्दै पीडितहरूले गुनासो गरेका छन् ।

झापाको सुरूङ्गा ५ स्थायी ठेगाना भएको बताउने प्रदिप पाैड्यालले युवाहरूलाई विदेश पठाउने भन्दै ३ लाख ५० हजार देखि १ लाख ५० हजार सम्म उठाएर तीन बर्ष दखि सम्पर्क बाहिर रहेको उनीहरूको गुनासो छ । तीन बर्ष अघि ३ लाख ५० हजार ऋण काडेर पौड्याललाई बुझाएका इलामको सूर्योदय नगरपालिका ८ कजेनीका राम कुमार प्रधानले पहिले हंगेरी लाने भन्दै ८ लाख मागेको पछि त्यो ठाउमा लान नसक्ने भन्दै स्टोनिया लाने भनि ३ लाख ५० हजार लिएको बताए ।

प्रधानको छिमेकमै आमाको नाममा जग्गा भएका पौड्यालले छोरालाई विदेश लगिदिने भनेपछि विश्वासका भरमा सो रकम दिएको उनले बताए । प्रधानले भने, ‘मैले कुनै प्रमाण विनै धेरै रकम नगद नै दिए, आईएमइ मार्फत पठाएको केही रकम मात्रै प्रमाणको रूपमा राखेको छु ।’
उनले इलाम र झापाका युवाहरूको २० लाख भन्दा माथि रकम उठाएर पौडेल वेपता भएको दावी गरे । पौड्यालले नेपालमा आफुले मान्छे पठाउने देशको दुतावास नभएको भन्दै भारतको दिल्लीबाट प्रकृया अघि बढाउने बताउने गरेको प्रधानको भनाई छ । पैसा नपाउञ्जेल पौडेलले रकम ढिलो पठाए काम रोकिने भन्दै रकम माग्ने गरेको पिढीतको भनाइ छ ।

मेचीनगर नगरपालिका ६ का प्रदिप भण्डारीले पनि आफुबाट ३ लाख ५० हजार रूपयाँ लगेको बताए । उनले पौड्याले आफुहरूलाई ठगेर कतार भागेको बताए ।

इलामको माइजोगमाई गाउँपालिका ३ नाम्सालिङका नवीन कुमार श्रेष्ठले पौड्यालले हंगेरीको छाला कम्पनिमा राम्रो काम लगाउने भन्दै एक लाख ५० हजार ठगेको बताए । उनले युरोपमा नपढेका मान्छेलाई पनि काम मिल्ने भन्दै रकम लगेको बताए । ३६ प्रतिशत व्याजमा ऋण काढेर पौड्याललाई रकम बुझाएका उनी त्यहि रकम तिर्न खेती किसानी गर्नु परेको बताउछन् ।

सूर्योदय नगरपालिका १० रमितेका रामहरि प्रधानले पनि छोरालाई युरोपको राम्रो कंम्पनीमा काम लगाउने आस्वासन पाएपछि १ लाख ५० हजार बुझाएको बताए । उनले भने,‘मासिक एक लाख ५० हजार तलव दिने कम्पनीमा पठाउछु भनेपछि एडभान्स स्वरूप १ लाख ५० हजार रूपयाँ बुझायौ ।’उनका अनुसार रकम पाएको छ महिना सम्म सम्पर्कमा रहेका पौडेल अहिले सम्पर्क विहीन छन् ।

पौड्यालले रकम पाएपछि ३ महिनामा काम हुने आश्वासन दिएको रामहरिले बताए । उनले रकम दिएपछि तीन महिनामा काम नभए रकम झिक्नु भन्दै नलेखिएको चेक थमाएका थिए । तर, छ महिना सम्म पनि प्रकृया जारी रहेको भन्दै आफुहरूलाई झुक्याएको उनले बताए ।

पीडितहरूसंग उनले दिएको चेक र आफुले रकम पठाएको कागज मात्रै प्रमाण छ । पौड्यालले आफ्नो मेनपावर कम्पनी काठमाडौको एयरपोर्ट नजिक रहेको बताए पनि नाम समेत नबताएको पीडितले बताए । पौडेलले युवाहरूको राहदानी समेत आफ्नै कब्जामा राखेका छन् । पौड्याल वेपत्ता हुनुअघि काठमाडौंको कालिमाटी ९ मा बस्ने गरेको पीडितहरूले बताएका छन् । इलामखबरकाे सहयाेगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार