रानी खेतले कुखुरा मरेपछि सखाप, किसानकाे लगानी डुब्याे


इलाम।इलाम नगरपालिका–९ उर्मिला निरौलाले सञ्चालन गरेको विनोद पोल्ट्री फममा रहेको करिव १२ सय कुखुरा दुई दिनमा मरेर सकियो । आइतबार र सोमबारमा १२ सय खकुरा मरेको पोल्ट्री व्यवसायी विनोद पोख्रेलले बताए ।

एकै पटक दुई यतिका कुखुरा मर्दा साढे चार लाख रुपैयाँ भन्दा बढी क्षति व्यहोर्नु परेको पोख्रेलले बताए । ‘आइतबार र सोमबारमा सवै कुखुरा म¥यो, आज हेर्दा अब १५ वटाजति च्याउ च्याउ गर्दै पल्टिरहेको छ’, उनले भने‘मरेका कुखुरा पुरेका पनि छैनौ, एक्लैले पुर्न सम्भव भएन अब मान्छे खोजेर पुर्नु पर्ला ।’

पोल्ट्री व्यवसायी संघका अध्यक्ष समेत रहेका पोल्ट्री व्यवसायी दिनेश महतले पालेको दुईसय ५० लोकल कुखुरा र एक सयवटा कडकनाथ जातको कुखुरा म¥यो । कुखुरा मर्दा तीन लाख ८० हजार भन्दा बढि क्षेत्री भएको महत बताउँछन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले रानीखेतको कारण कुखुरा मरेको बताएको छ । तर, किसानले भने रानीखेतको भ्याक्सिन लगाएको कुखुरा समेत मरेको बताए । ‘मैले कुखुरामा रानी खेतको भ्याक्सिन लगाएको थिए, तर पनि सबै कुखुरा म¥यो’, महतले भने,‘भ्याक्सिन लगाउँदा पनि काम लागेन ।’

इलाम नगरपालिका –७ का पुस्कर निरौलाको पनि सात सय लोकल कुखुरा, धनबहादुर न्यौपानेको पाँच सय कुखुरा, सञ्जिव विष्ट लगायतका किसानले पालेको कुखुरा मरेको छ । एक्कासी सवै कुखुरा मरेपछि किसानले ठूलो क्षति व्यहोरेका छन् । सात दिन अघिदेखि इलाम नगरपालिका क्षेत्रमा किसानले पालेको कुखुरा मरेको इलाम नगरपालिकाका पशु प्राविधिक प्रकाश लुइटेलले बताए । ‘झोक्राउने, हरियो सेतो छेर्ने, चारो नखाने लक्षण देखिएपछि कुखुरा मर्न थालेका छन्’, पशु प्राविधिक लुइटेलले भने,‘कुखुरा बिरामी पर्न थालेको दुई तीन दिनमा फर्मनै रित्तिन थालेको छ ।’

कुखुरा मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले त्यसको नमुना संकलन गरेर बिराटनगरको ल्याबको पठाएको थियो । परिक्षण गर्दा कुखुरामा रानीखेतको भाइरस देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका डा. सञ्जय ढुङ्गनाले बताए । ‘कतिपय किसानले रानीखेतको भ्याक्सिननै लगाउँदैनन्, कसैले भ्याक्सिन लगाउने कसैले भ्याक्सिन नलगाउने भएपछि कुखुरामा रोग देखिएको हुनसक्छ’,डा. ढुङ्गनाले भने,‘भ्याक्सिन लगाउँदासम्म कोल्डचेन मेन्टेन भएन भने त्यसको प्रभावकारिता नहुनसक्छ ।’ कुखुरा फर्महरुमा जथाभावी आवातजावत गर्ने, कुखुराको चल्ला तथा दानाहरुको ओसारपसार गर्दा सुरक्षा सावधानी नअनाउँदा एकै पटक भाइरसको संक्रमण फैलिएको हुनसक्ने डा. सञ्जय ढुङ्गना बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार