(ब्रेकिङ)एसएस फुटवेयरमा आगलागी : अझै आगो नियन्त्रणमा आएन, करोडौँको क्षति

काँकरभिट्टा स्थित एसएस फुटवेयरमा आज विहानदखि लागेको आगो अझै नियन्त्रणमा आईसकेको छैन ।
बिहीबार विहान ११ वजेर ३० मिनेट जाँदा सो उद्योगमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

मेचीनगर–६ का श्याम पिन्टुको जुक्ता उद्योगमा विद्युतसर्ट भई लागेको आगो साढे ३ घण्टा वितिसक्दा पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी सुनिलसिंह दाहालले बताए ।

‘उद्योगभित्र रहेको जुक्ता बनाउने कच्चा पदार्थ, रेडिमेड जुक्ता, केमिकल लगायतका सामान पूर्णरुपमा नष्ट भएको छ’, डिएसपी दाहालले भने–‘भवनको चारैतिरको भाग पूर्णपमा जलेको छ । क्षति यकिन भन्न नसकेपनि करोडौँको क्षति भएको अनुमान गर्न सकिन्छ ।’ अहिले भारत र नेपालका दमकलहरुले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । डिएसपीका अनुसार भारतका ३ तथा झापा र मोरङका १० वटा गरी १३ वटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ ।

आगो नियन्त्रणमा नेपाली सेना, जनपद, शसस्त्र प्रहरी र स्थानीयहरु विहानदेखि खटिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार