नेकपा एमाले इलामको दोस्रो पूर्ण बैठकले विभिन्न विभागलाई पूर्णता दिएको छ । पार्टीको बैठकले आर्थिक विभाग प्रमुखमा उदय राई, उपप्रमुखमा सुर्य पोख्रेल र सचिवमा सरु राईलाई तोकेको छ । बैठकले उद्योग बाणिज्य विभागको प्रमुखमा नरेन्द्र खड्का, उपप्रमुखमा मानबिर लुवागुन, र सचिवमा प्रकाश चापागाई चुनिएका छन् ।
प्रचार विभाग प्रमुखमा रबिन्द्र सुबेदी, उपप्रमुखमा सटेन्द्र जबेगू र सचिवमा खेमसागर खनाल तोकिएका छन् । उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको प्रमुखमा लिला बान्तवा, उपप्रमुखमा सुशिला नेम्वाङ र सचिवमा दीपा आचार्य रहेका छन् । यस्तै, कृषि तथा भूमिसुधार विभाग प्रमुखमा मुखराज आङदाम्बे, उपप्रमुखमा चन्द्र केसी र सचिवमा हेमन्ता निरौला, न्याय सेवा विभागको प्रमुखमा देवेन्द्र विश्वकर्मा, उपप्रमुखमा विद्या सापकोटा र सचिवमा प्रदीप अधिकारी, निर्वाचन विभाग प्रमुखमा श्यामकृष्ण घिमिरे, उपप्रमुख सुधीर बोहोरा र सचिवमा सारदा पराजुली रहेका छन् । पर्यटन प्रवद्र्धन विभागको प्रमुखमा नरेश तामाङ, उपप्रमुखमा हेमन सुनुवार र सचिवमा गृष्म सुब्बा, पार्टी स्कुल विभाग प्रमुखमा महेश बस्नेत, उपप्रमुखमा नरेश तामाङ र सचिवमा रमेश राई तोकिएका छन् ।
आजको बैठकले पुस्तकालय तथा अभिलेख विभाग प्रमुखमा गीता पराजुली, उपप्रमुखमा रोजी राई र सचिवमा कल्पना राई, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुखमा दीपक गौतम, उपप्रमुखमा सुमन श्रेष्ठ, सचिवमा डिकबहादुर रसाइली, युवा तथा खेलकुद विभाग प्रमुखमा मिलन खत्री, उपप्रमुखमा रहरकुमार राई र सचिवमा प्रकाश घिमिरे, वन तथा वातावरण विभाग प्रमुखमा गणेश राई, उपप्रमुखमा ज्याजिमा तामाङ र सचिवमा भूमिका आचार्य रहेका छन् ।
यस्तै, सहरी विकास विभाग प्रमुखमा सुजन नेपाल, उपप्रमुखमा शान्ता लिम्बू र सचिवमा विप्लव थापा, शिक्षा तथा मानव स्रोत विभाग प्रमुखमा नेत्र पोख्रेल, उपप्रमुख सन्त गुरुङ र सचिवमा गणेश खतिवडा, श्रम तथा रोजगार विभाग प्रमुखमा प्रवेश पराजुली, उपप्रमुखमा मनिषा भट्टराई र सचिवमा दिनेश ढकाल, सहरी तथा गरिबी निवारण विभाग प्रमुख प्रकाश पराजुली, उपप्रमुखमा कमल श्रेष्ठ र सचिवमा दिपेन्द्र चापागाईं, संगठन विभाग प्रमुखमा उमेश गुरुङ, उपप्रमुखमा गंगा भुर्तेल र सचिवमा सावित्रा शिवा र संस्कृतिक विभाग प्रमुखमा तिलबिक्रम लिम्बू, उपप्रमुखमा उमादेवी भण्डारी र सचिवमा गायत्री थेगिम रहेका छन् ।
यस्तै, सामाजिक सेवा विभाग प्रमुखमा बद्री खड्का, उपप्रमुखमा कमल नेपाल र सचिवमा सेतु तामाङ र सामान्य प्रशासन विभाग प्रमुखमा उमेश गुरुङ, उपप्रमुखमा रबिन्द्र सुबेदी र सचिवमा मिरा खवास र स्थानीय विकास विभाग प्रमुखमा प्रदीपचन्द्र राई, उपप्रमुखमा नन्दकुमार राई र सचिवमा होम कार्की र स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा उमा शर्मा, उपप्रमुखमा विमला शर्मा र सचिवमा सोममाया राई रहेका छन् ।