इलाम नगरपालिका वडा नं. ४ र ५ का किसानलाई मकैकाे बीउ वितरण

  आवाज सम्वाददाता

इलाम । इलाम नगरपालिका वडा नं.  ५ ले वडाबासी किसानलाई मकै छर्ने सिजन पारेर  नि:शुल्क मकैकाे बीउ वितरण गरेकाे छ । प्रदेश सांसद राम राना र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले किसानहरुलाई मकैकाे बीउ वितरण गरेर वितरण कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

वडाले आज र भाेलि शनिबार किसानलाई मकैकाे बीउ वितरण गर्ने वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठले बताए । प्रत्येक किसानलाई पाँच केजीका दरले मकैकाे बीउ वितरण गरिएकाे हाे । मकैकाे बीउसँगै तरकारीकाे बीउबिजन पनि वितरण गरिएकाे थियाे । वितरणकाे पहिलाे दिन आज छ सय ५७ किसानलाई मकैकाे बीउ वितरण गरिएकाे थियाे । भाेलिसम्ममा नाैं सय किसानलाई बीउ वितरण गरिने जनाइएकाे छ । यसअघि वडाले किसानलाई जय घाँस पनि वितरण गरेकाे थियाे । मकै वितरण कार्यक्रममा वडा सदस्यहरु टंक खत्री, गृष्म सुब्बा र बलिमाया घतानीकाे पनि उपस्थिति रहेकाे थियाे ।

यसरीनै इलाम नगरपालिका वडा नं. ४ ले पनि किसानलाई नि:शुल्क मकैकाे बीउ वितरण गरेकाे छ । वडा नम्बर ४ ले विहीबारदेखि प्रति किसान दुई केजीका दरले मकैकाे बीउ वितरण गरेकाे हाे । सात सय किसानलाई वितरण गर्ने याेजना अनुसार मकैकाे बीउ वितरण गरिएकामा शुक्रबारसम्ममा पाँच सय किसानलाई वितरण गरिएकाे वडा नम्बर ४ का वडाध्यक्ष नुतनदेव दुलालले बताए । उनले भाेलिसम्म मकैकाे बीउ वितरण गरिने पनि बताए । वडा नम्बर ४ ले यसै आर्थिक वर्षमा किसानलाई आलु , गहुँ र जय घाँसकाे बीउ पनि वितरण गरेकाे थियाे । आव २०७८/०८९ काे वडाकाे आर्थिक बिकास कार्यक्रम अन्तरगत कृषि लक्ष्यितमा राखेर उन्नत जातकाे बीउ बिजन वितरण गरिएको वडाध्यक्ष दुलालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार