प्रेस चौतारी नेपालले आज विविध कार्यक्रम गर्दै २३ औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारी नेपाल इलामले पनि स्थापना दिवसको अवसरमा दीपप्रज्वलन साथै विभिन्न कार्यक्रम गरेको छ । स्थापना दिवसको अवसरमा शुभकामना मन्तब्य राख्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सटेन्द्र जबेगूले सञ्चार क्षेत्रको आमूल परिवर्तनका निम्ति प्रेस चौतारीको योगदान अतुलनीय रहेको बताए ।
उनले मुलुकमा पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको निन्ति आवाज उठाउने संगठन प्रेस चौतारी नेपाल रहेको बताए । यस्तै, कार्यक्रममा बोल्दै नेकपा एमाले इलामका प्रचार विभाग प्रमुख रबिन्द्र सुबेदीले सञ्चार क्षेत्रमा प्रेस चौतारी नेपालले सम्झनलायक काम गरेको सुनाए । जिल्लामा समेत प्रेस जगत्का निम्ति चौतारीले उल्लेखिय काम गरेको र आउँदा दिनमा समेत गर्ने अपेक्षा राखेको बताए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले पत्रकारिता जगत्मा प्रेस चौतारीको भूमिका धेरै रहेको बताए । कार्यक्रममा चौतारीका पूर्वअध्यक्षहरु, नेकपा एमालेका पदाधिकारीहरु ल्गायतको उपस्थिति थियो । प्रेस चौतारी नेपालको स्थापना २०५५ साल माघ २२ गते विजय चालीसेको संयोजकत्वमा भएको थियो । त्यसको एक बर्ष पछि नै इलाममा समेत प्रेस चौतारीको स्थापना भएको थियो । यसै अवसरमा देशभर विभिन्न कार्यक्रम गरिएकाे छ ।