प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। आइतवार बिहान ११ बजे मन्त्रीहरूको शपथका लागि समय तोकिएको छ।
११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए।
प्रदेशमा रहेका सात मन्त्रालय विभाजन गरी १२ वटा बनाइएको छ। अहिले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय छ।
को–को बन्दैछ्न मन्त्री?
आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबाट तीन तीन र माओवादी केन्द्रबाट दुई जनाले सपथ ग्रहण गर्नेछन्।
माओवादी केन्द्रबाट रामकुमार राई, झलकसिंह दर्लामी मन्त्री बन्नेछन्। एकीकृत समाजवादीबाट राजन राई, खिनु लिम्बु , उपेन्द्र घिमिरे मन्त्री बन्नेछन्। यस्तै‚ कांग्रेसबाट प्रतापप्रकाश हाङगाम, ओमप्रकाश सराबगी, शेखरचन्द्र थापा मन्त्री बन्नेछन्।
प्रदेश १ मा सातबाट मन्त्रालय विभाजन गरि १२ बनाइएको थियो। तर‚ भागबण्डा नपुगेपछि पुनः मन्त्रालय फुटाएर १३ बनाएको छ।
स्रोतका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सञ्चार मन्त्रालय विभाजन गरिएको हो। सञ्चार मन्त्रीको जिम्मेवारी उपेन्द्र घिमिरेले पाउनेछन्। मन्त्री बन्नेको नाम लगभग फाइनल भएको गठबन्धन स्रोतले बताएको छ।