इलामकी खिनु प्रदेश १ की पर्यटनमन्त्री

  आवाज संवाददाता

इलामको क्षेत्र नं. १ को क बाट निर्वाचित खिनु लङ्वा प्रदेश १ सरकारको पर्यटन तथा संस्कृति मन्त्री बनेकी छन् । आइतबार विस्तार भएको मन्त्रीपरिषद्मा मुख्यमन्त्री राजेन्द्र राईले सो मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

   नेकपा एमाले परित्याग गरेर लङ्वा नेकपा एकीकृत समाजवादीमा लागेकी छन् । उनीसहित प्रदेश १ मा निवनियुक्त मन्त्रीहरू खानेपानी सिँचाइ तथा ऊर्जामन्त्रीमा रामकुमार राई, सामाजिक विकासमन्त्रीमा राजन राई, कृषिमन्त्रीमा झलकबहादुर मगर, वन, वातावरण तथा भू–संरक्षणमन्त्रीमा शेखर चन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगाम, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा ओमप्रशाक सरावगी र यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा उपेन्द्र प्रसाद घिमिरेले शपथ लिएका हुन् । प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
आइतबारको मन्त्रिपरिषद् विस्तारसँगै अब प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ । जयराम यादवले यसअघि सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा पाएका थिए भने अहिले उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार