दक्षिण कोरिया । रोजगारी , शिक्षा लगायत विभिन्न पेसामा दक्षिण कोरियामा रहेका नेपालीहरुले इलाम नगरपालिका – ६ घोष का क्यान्सर पीडित मदनकुमार राईलाई उपचारका लागी आर्थिक सहयोग गरेका छन ।
हाल कोरियामा रहेका इलामेली समाज दक्षिण कोरियाका सदश्य समेत रहेका चन्द्रकान्त दुलालको अगुवाइमा कोरियामा रहेका नेपालीहरुबाट रकम संकलन गरी सहयोग गरिएको हो ।
पेशाले गाडि चालक रहेका राई विगत लामो समयदेखी अत्यन्तै कम व्यक्तिहरुमा मात्रै देखिने Testicular Cancer रोगबाट ग्रसित भएका छन । ३२ वर्षीय राइको उपचारमा अत्यन्त धेरै खर्च लाग्न सक्ने र घरको आर्थिक अवस्था कमजोर भएकाले कोरिया बाट पनि एक अभियान मार्फत सहयोग संकलन गरी पठाइएको हो ।
संयोजक दुलालका अनुसार उक्त अभियान मार्फत ३३ लाख ५२ हजार कोरियन वन अर्थात नेपाली ३ लाख ३० हजार ५ रुपैया संकलन भएको थियो । उक्त रकम पिडित मदन कुमार राईलाई हस्तान्तरण गरि सकिएको दुलालले जानकारी गराए ।