तिम्रा हरेक स्पर्शले
मेरो हरेक अंगमा
छुट्टै तरंग पैदा गर्छ
तिम्रो काखले मलाई
पिपलको छाहारीजस्तै
शीतलता प्रदान गर्छ
तिम्रो हरेक शब्दमा
मलाई दिव्योपदेशका
भावना गुन्जिएको अनुभूति हुन्छ
जसरी मेरा हरेक प्रणय दिवस
तिमीमा समर्पित हुन्छन्
त्यसरी नै यो दिवस अनि
यो कविता तिम्रो लागि
मेरो पहिलो प्रेम
मेरो आमाको लागि
हेप्पी भ्यालेन्टाइन डे, आमा
प्रणय दिवसको शुभकामना।
साभार : सेताेपाटी अनलाइन