एजेन्सी। इक्वेडरमा गत मंगलबार जेलहरुमा भएको दङ्गामा परी ज्यान गुमाउने व्यक्तिको संख्या ७९ पुगेको प्रहरी स्रोतले बिहीबार जनाएको छ ।
इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले चार वटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक सङ्गठनको हात रहेको आरोप लगाएका छन् ।
मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिँदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ । गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो ।
गतवर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्न प्रयासको लागि जेलमा आपतकालिन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका थिए ।
गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै सात घाइते भएका थिए ।