‘सहयोगी हातहरु’लाई प्रभु बैंकको सहयोग

न्यून आयस्तर भएकालाई स्वास्थ्य उपचारमा सघाउँदै आएको ‘सहयोगी हातहरू’ संस्थालाई प्रभु बैंकले कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत करिब ९० हजार रुपैयाँ बराबरको सामग्री मंगलबार हस्तान्तरण गरेको हो ।

२०७३ सालमा स्थापित यो संस्थाले उपचार अभावमा कसैको पनि निधन नहोस् भन्ने उद्देश्यले कार्य गर्दै आएको अध्यक्ष रतनकुमार चौधरीले जानकारी दिए । प्राप्त कम्युटरको प्रयोग गरी संस्थालाई कार्यालयको गतिविधि चलाउन सहज हुने उनको भनाइ थियो ।

यो संस्थामार्फत हालसम्म २ सय जनाभन्दा धेरैलाई उपचार सहयोग गरिएको छ । संस्थाको कोषमा ४५ लाख रुपैयाँ जम्मा भएको छ । कम्युटर वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा सहयोगी हातहरूका सल्लाहकार गणेश बराल, प्रभु बैंक इलामका प्रबन्धक सुशान्त सेडाई, हिराकाजी घलेलगायतले संस्थाको गतिविधिको बारेमा प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार