नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी इलामको १३ औं पूर्ण बैठक इलामको महभीरमा सम्पन्न भएको छ । बैठकले भ्रष्टचारीहरुलाई कालोमोसो दल्ने निर्णय गरेको छ । भ्रष्टाचार गर्ने सरकारी गैरसरकारी निकायका कर्मचारी र जनप्रतिनिधिहरुको प्रमाण संकलन गरेर प्रमाणसहित कालोमोसो दल्ने निर्णय लिएको हो ।
आज सम्पन्न बैठकले प्रत्येक पालिकामा सहिदहरुको नाम उल्लेख हुनेगरी स्तम्भहरु निर्माण गर्ने, सबै पालिका हरुमा उत्पादनको काम अनिवार्य गर्ने, एमसिसी बिरुद्ध सशक्त संघर्ष संचालन गर्ने, जातिय भेदभाव र छुवाछुत गर्नेहरु लाई कारबाही गर्ने सम्मका निर्णयहरु लिएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्लाका इन्चार्ज सुमनसिंहको उपस्थितिमा भएको बैठकमा सिंहले सहभागी जिल्ला सदस्यहरुको रिपोर्ट र जिज्ञासाको जवाफ दिएका थिए । बैठकको अध्यक्षता र संचालन पार्टीका जिल्ला सचिब मौसमले गरेका थिए ।