इलाम,नेपाली कांग्रेस इलामले जिल्ला कार्य समितिले १४ औ अधिवेशनपछि नौ जना जिल्ला कार्य समितिमा मनोनीत गरेको छ । पार्टी विधानअनुसार जिल्ला सभापतिले निर्वाचित समितिको २० प्रतिशत सदस्य मनोनित गर्न पाउने व्यवस्था छ जिल्ला सभापति डम्बर खड्काले हालसम्म लीला थापा, हुकुमलाल थेवे, राजेन्द्र शर्मा, सन्दिप बुढाथोकी, भीष्म बुढाथोकीलाई जिल्ला कार्य समितिमा मनोनित गरिसकेका छन् । यस्तै, ज्ञानीकाजी लेप्चा (अल्पसंख्यकबाट), दीपक त्रिखत्री (दलितबाट), दुर्गा बराललाई जिल्ला सदस्यमा मनोनित गरेको सभापति खड्काले बताए । आवश्यकता र पार्टी विधानअनुसार सक्षम व्यक्तिलाई जिल्ला सदस्य मनोनय गर्दै लैजाने खड्काले बताए ।
यस पटक खड्काले नयाँ र पुराना व्यक्तिलाई मिलाएर जिल्ला सदस्यमा मनोनित गरेका छन् । उनले १४ औं अधिवेशनमा हार व्यहोरेकालाई समेत जिल्ला सदस्यमा मनोनित गरेका छन् । खड्काले मनोनित गरेका लीला थापा १४ औं अधिवेशनमा इलाम नगर सभापतिमा हार व्यहोरेका हुन् भने हुकुमलाल थेवे जिल्ला सचिवमा पराजीत हुन् ।
मनकुमार बुढाथोकी इलाम क्षेत्र नं. २ को सभापतिमा पराजीत हुन् भने, भीष्म प्रधान १ नंं. क्षेत्रकै सभापतिमा हार व्यहोरेका हुन् । यस्तै, ज्ञानुकाजी लेप्चा सूर्योदयन गर सभापतिमै हारेका हुन् भने दीपक त्रिखत्री जिल्ला सचिवमा मनोनय गरेर फिर्ता गरेका व्यक्ति हुन् । दुर्गा बराल क्षेत्रीय सभापतिमै पराजीत हुन् । यसबाहेक चार जना आमन्त्रित सदस्य समेत सभापतिले मनोनित गरेका छन् । जसको नामावली खुलाइएको छैन ।