सुकिलुम्बामा विमानकाे सफल परीक्षण

इलाम सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बुधबार सफल परीक्षण उडान गरिएको छ । विमानस्थलको धावामार्ग कालोपत्रे निमार्णको काम सम्पन्न भएपछि नेपाल बायुसेवा निगमको विमानले परीक्षण उडान गरेको हो । आउँदो फागुन ८ देखि नियमित उडान हुन लागेको बिमानस्थलमा सफल परिक्षण भएको छ ।

   यस अघि तारा एयरको बिमानले कच्ची धावनमार्गमा गत २०७५ सालको जेठमा पहिलो पटक सफल परिक्षण गरेको थियो ।७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग सहितको विमानस्थलको शिलान्यास २०६८ सालमा गरिएको थियो । समुद्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको उक्त स्थानमा प्रायः घाम लागिरहने भएकोले विमानस्थलका लागि उपयुक्त भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार