चुम्लुङ जिल्ला अध्यक्षमा सोङ्मी

  आवाज संवाददाता

इलाम  : किरात याक्थुङ चुम्लुङ इलामको अध्यक्षमा बुद्धमाया सोङ्मी निर्वाचित भएकी छिन् । आज इलाम सदरमुकाममा भएको चुम्लुङको आठौ जिल्ला अधिवेशनबाट सर्वसहमतिबाट सोङ्मी अध्यक्षमा निर्वाचित भएकी हुन् ।

समितिको उपाध्यक्षमा पदम ताम्लिङ, सचिव राम योङहाङ, सह–सचिव याम मावोहाङ र कोषाध्यक्षमा जुनु फियाक निर्वाचित भएका छन् । यस्तै, समितिको सदस्यहरूमा संगीता लिम्बू, रामकुमार लिङ्देन, निर्मला चेम्जोङ, अतित योङहाङ, शिवकुमार थेगिम, रुपेनराज नेम्वाङ, पञ्चहाङ योङहाङ, मानबहादुर लिम्बू, दिपेन्द्र सुब्बा, अमृत एक्तेन लिम्बू र अप्सरा नेम्वाङ रहेका छन् । आजै चुुम्लुङले सात बुँदे ‘इलाम घोषणापत्र’ जारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार