चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगको खेलमा नेपालले १३६ रनको लक्ष्य पाएको छ ।
अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनायो । उसका लागि जेशान मक्सुदले नटआउट ४३ रन बनाए । यस्तै मोहम्मद नदीमले ३१ रनको योगदान गरे ।
बलिङतर्फ नेपालका लागि अविनाश बोहराले तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक-एक विकेट लिए ।