इलाम।पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले संवोधन नभएको बताए ।
जसपा इलाम जिल्ला समन्वय समिति इलामले आयोजना गरेको जनसभालाई संवोधन गर्दै यादवले संविधानले सबैलाई समान रुपले संवोधन नगरेको बताए । केपी ओली नेतृत्वको सरकार संघीय प्रणाली समाप्त पार्ने षड्यन्त्रमा लागेपनि सफल हुन नसकेको उनले बताए । उनले सयौं वर्षदेखि भेदभाव भईरहेको भन्दै भेदभावलाई अन्त्य नगरे देशलाई समृद्ध बनाउन नसकिने बताए।
जसपाका बरिष्ठ नेता अशोक राईले संविधानमा केही कमजोरी रहेको र नेपाली जनताको चाहनाअनुरुप बनाउन बाँकी रहेकाले त्यसलाई संशोधन नगरे संविधानको मर्मअनुरुप नहुने बताए। यो संविधानमा धेरै विभेदहरु रहेका छन । यो संविधान जातिवादी रहेको भन्दै संशाेधनकाे आवश्यकता रहेकाे औल्याए ।
उनले नेपालकाे संघीय प्रणाली विश्वकै उत्कृष्ट प्रणाली भएकाे, यस संविधानले संघीयता, जनताको सार्वभौमसत्ता, धर्मनिरपेक्षता तथा मौलिक हकहरुको ग्यारेन्टी गरेपनि संमान अधिकारको व्यवस्था नभएको आरोप बताए । यसै संविधानलाई टेकेर हामी संशोधन मार्फत बाँकी अधिकार प्राप्त गर्ने लडाईमा रहेकाे उनले बताए ।
केन्द्रिकृत राज्य व्यवस्थाको कारण मुलुकका दलित, जनजाति, महिला, मुस्लिम, थारु लगायतका जातजाति राज्यको मूल प्रवाहमा आउन नसकेको पनि उनले बताए ।