पूर्वप्रधानमन्त्री र पर्यटनमन्त्रीले गरे फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलको उद्घाटन

पूर्वी पहाडी जिल्लामा अवस्थित इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलको आज उद्घाटन गरिएको छ । आज काठमाडौंबाट आएको नेपाल एयरलाइन्सको विमानमार्फत पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संस्कृति, पर्यटन एवम् नागरिक उड्ययन मन्त्री प्रेम आलले उद्घाटन गरेका हुन् ।
जडान विहान ९ बजे विमानस्थलमा अवतरण गरेको थियो । नेपाल एयरलाइन्सको नाइन एन स्लाक्स एवीटी नामको जडाजले इलाम आएको हो । केहीदिनअघि मात्रै विमानस्थलको सफल अवतरण गरिएको थियो । गएको माघ २५ मा विमानस्थलको धावामार्ग कालोपत्रे निमार्णपछि सम्पन्न नेपाल बायुसेवा निगमको विमानले परीक्षण उडान गरेको थियो । विमानस्थलको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले जिल्ला –इलाम)मा जहाज अवतरणसँगै एउटा आयाम थपिएको बताए ।
सोही विमानस्थल खनाल प्रधानमन्त्री रहँदा २०६८ सालमा शिलान्यास भएको थियो । उनले विमानस्थल विकासको मार्गदर्शक रहेको भन्दै अन्य जिल्लाबाट समेत जडाजको सुविधा लिन इलाम आउने विश्वास व्यक्त गरे । ७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग सहितको विमानस्थलको सर्वे २०५८ सालमा सुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री आलले चन्दा उठाएर निर्माण सुरु भएको विमानस्थलमा विमान आउँदा जिल्लावासी खुसी भएको विश्वास व्यक्त गरे । उनले विमानस्थलमा सेक्र्युटी विल्डिङ र टर्मिनल निर्माणको काम अघि बढाउन प्राधिकरणलाई निर्देशन दिए । कार्यक्रममा प्रदेश १ की पर्यटन मन्त्री खिनु लङ्वाले पर्यटनको यथेष्ट सम्भावना बोकेको इलाममा जहाज अवतरण हुन सामान्य कुरा नभएको बताइन् । उनले लामो प्रयासपछिको सफलता भन्दै निरन्तरताका लागि सबैमाझ अनुरोध गरिन् । कार्यक्रममा बोल्दै संघीय सांसद सुजाता परियारले विरामी वा समस्या भएका बेला इलामेलाई सहज र सरलतवरले उपचार गराउन विमानमार्फत राजधानी लैजान सकिने बताइन् । कार्यक्रममा बोल्दै सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले पर्यटकीय जिल्लामा एयरपोर्ट अपरिहार्य रहेको सुनाए । कार्यक्रममा नेपाल एयरलाइन्सका कार्यकारी निर्देशक युवराज अधिकारी र नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले समेत विमानस्थलका बारेमा जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार