जब्बरजस्ती करणीमा कैद सजाय सुनाइएका फरार अभियुक्त २८ वर्षीय प्रितम राईलाई प्रहरीले धरानबाट विहीबार पक्राउ गरेको छ ।
रोङ गाउँपालिका वडा नं. २ साविक शान्तिपुर गाविस वडा नं. ४ बस्ने राईलाई जिल्ला प्रहरी कार्यालयले खोजी गर्ने क्रममा धरानबाट पक्राउ गरेको हो ।
जब्बरजस्ती करणीको कसुरमा राईलाई २०७२ साल जेष्ठ २१ गते जिल्ला अदालतले ५ वर्ष कैद सजाय तोकेको थियो ।