इलाम ः नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लामो समयपछि गृह जिल्ला उत्रिए । खनाल आज विहान फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल उद्घाटनका सन्दर्भमा इलाम टेके । खनाल लामो समयपछि गृह जिल्ला प्रवेश गरेका छन् । विमानस्थलको उद्घाटनको सन्दर्भमा उनी गृहजिल्ला छिरेपनि राजनीतिक कार्यक्रम धेरै छन्् । यति बेला एककिसिमले खनाललाई चुनौती पनि छ । जीवनको उत्तराद्र्धमा नयाँ पार्टीमा लम्किदा नजिकिदो चुनाब कस्तो होला भन्ने डर छ ।
त्यसैले पनि खनाल कुनै कार्यक्रममा राजनीतिक कुरा मिसाइहाल्छन् । आज विहान सुकिलुम्बा विमानस्थलमा कार्यक्रम सहभागी हुँदा समेत खनाल त्यही भूमिकामा रहे । उनले विमानस्थलको बारेमा चर्चा गरे । खनालले नै शिलन्यास गरेको भएकाले उद्घाटनमा आफ्ना कुरा राख्नु नौलो भएन । तर,उनले नले विमानस्थलको बारेमा चर्चा गरे ।
खनालले नै शिलन्यास गरेको भएकाले उद्घाटनमा आफ्ना कुरा राख्नु नौलो भएन । तर,उनले ‘दुईतिहाइको सरकारले चाहेको भए । पहिलै विमानस्थल बनिसक्थ्यो ।’ भन्न भ्याए । उनले नेकपाकालमा केपी ओली शर्माको सरकारलाई इङ्कित गर्दै यो विषय उठाएका थिए । उनले ओलीले जनतासँग गरेको प्रतिवद्धता विर्सिएको आरोप लगाए । नेकपा एस गठनपछि गृह जिल्लामा पार्टी बनाउन खनाललाई सकस छ । जिल्ला दुई स्थानीय तह (सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिका) मा कार्यकर्ताको लहर बढेपनि अन्य स्थान पार्टी पंक्ति गाह्रो छ ।
यसैले पनि खनाल इलाम आएको बेला कार्यकर्ता प्रशिक्षण राखिहाल्छन् । नयाँ पार्टीको बारे बोलिहाल्छ । आजै मात्रै पनि खनालले जिल्ला समन्वय समितिमा जिल्लास्तरीय प्रशिक्षण एवम् अन्तक्र्रिया कार्यक्रम गरे । पार्टीको विगत र वर्तमानको बारेमा कार्यकर्तालाई बुझाए ।
पार्टीमा दक्षिणपन्थी विचार उत्पादन भएपछि नयाँ पार्टी खोलेको निष्कर्ष
खनाल २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभामा निर्वाचित बने । अहिले उनी नयाँ पार्टीमा छन् । ‘एमालेको मत लिएर नयाँ पार्टी खोलेको’ अभियोग लाग्न सक्छ । त्यसैले पनि कार्यकर्ता रिझाउनु पर्ने बाध्यता उनमा छ । त्यसैपनि खनाल पहिलेका जस्ता छैनन् । मृगौला प्रत्यारोप र कोरोना संंक्रमण दुवै खनालले भोगे । यसैले पनि बुढ्यौली शरीरमा खनाल प्रशिक्षणका कार्यक्रम भ्याउनु पर्ने बाध्यता छ । आज मात्रै पनि दुई घण्टा लामो प्रशिक्षण खनालले दिए । कार्यक्रममा एमालेको पृष्ठभूमि अहिलेको एमालेको स्थिति र नयाँ पार्टीको अवधारणाका बारेमा खुलाए । उनले कार्यक्रममा ओलीप्रति गहिरो असन्तुष्टि पोखे । ओली प्रधानमन्त्री रहँदा निरङ्कुशता फैलिएको, प्रशासनिक अंगहरुलाई केन्द्रिकृत गरेको आरोप लगाए ।
उनले ओलीले गुप्तचर निकाय, राजश्व विभाग लगायतलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएर निरंकुश बनेको भन्न भ्याए । त्यसपछि त्यस्ता कार्य नगर्न आग्रह गर्दा ओलीले घेराबन्दी गरेको आरोप लगाएको सु्नाए । खनालले बजेटमा समेत ओलीले आफू शासन चलाउन खोजेको सुनाए । पार्टीको नीति, विधि विर्सिएको आरोप खनालले लगाए । उनले यति मात्र भनेनन् ।
संसद विघटन गरेर ओलीले साह्रै ठूलो गलत काम गरेको दुःख पोखे । “हामीले संसदबाट प्रगतिशिल कर प्रणालीबारे नियम ल्याउन सक्थ्यौ । नयाँ नीति नियम निर्माण गर्न सक्थ्यौ तर त्यसो भएन । ओलीले संसद देख्न सकेनन् ।” खनाल ओलीप्रति आक्रमक थिए । उनले पार्टीमा दक्षिणपन्थ अवसरबाद हावी भएकाले नयाँ विद्रोह सुरु गरेको बताए । उनले नयाँ पार्टी निर्माणलाई विद्रोहको संज्ञा दिए । अब नयाँ पार्टीलाई केन्द्रमा राखेर अघि बढ्ने सुनाए ।
खनालको निष्कर्ष ः ओलीले २०६२÷६३ को क्रान्ति चिनेनन्
खनालको प्रशिक्षणबाट यस्तो बुझिन्थ्यो कि नयाँ पार्टी खोल्नुको कारण नै एमाले अध्यक्ष ओली हुन् । ओलीको कार्यशैली कारक थियो । ओलीले प्रधानमन्त्रीकालमा र अध्यक्ष रहँदा निरंकुश बनेको आरोप खनाल बारम्बार दोहो¥याउथे । “२०६२÷२०६३ को जनआन्दोलनको उपलब्धी ओलीले चिनेनन् । उनलाई (ओली) यो बारे पत्तो छैन ।”
एमालेको नीति नै ‘फेल’
खनालले एमालेको नीति नै फेल भएको दाबी गरे । उनले भने,‘पुँजीवादी समाजलाई परिवर्तन गर्न समाजवादी नीति ल्याउनु पर्छ । एमालेको नीतिले त्यहाँ पुगिदैन ।” उनले भने,“अहिलेको समाजलाई रणनीतिक लक्ष्य र समाजवादी क्रान्ति चाहिएको छ तर एमालेको नीतिमा जम्मा जवज छ ।” उनले थपे,“यो सिद्धान्तले समाजवादी क्रान्तिमा पुग्नै सकिदैन ।”उनले पार्टीको नीतिगत दस्तावेज उल्लेख गरे ।
पुष्पलालले नयाँ जनवाद अगालेको र तुलसीलालले राष्ट्रिय जनवाद ल्याएको तर पछि नेकपा माले बनेपछि पार्टी नयाँ जनवादमा पुगेको बताए । उनको निष्कर्ष यो थियो कि विचार फरक–फरक बनाउन सक्नु पर्छ । पार्टीको पाँचौ महाअधिवेशनपछि मदन भण्डारीले ल्याएकै नीति अहिलेसम्म एमालेमा रहेको उनले सुनाए ।
चुनाब केन्द्रित कुरा
आसन्न स्थानीय चुनाबमा जानु पर्ने उनको पार्टीको बाध्यता छ । त्यसैपनि कम समयमा पार्टी मजबुत बनेको छैन । उनले भने,‘हामीले पार्टी बनाएकै पाँच महिना मात्र भयो ।” यसको कारण पनि उनलाई थाहा छ कि पार्टी बलियो छैन । तर चुनाव केन्द्रित कुरा गर्नै परेको छ । उनले अहिलेको गठबन्धनलाई निरन्तरता दिने सुनाए । गठवन्धन खास लक्ष्यका लागि गरिएको राजनीतिक मोर्चा रहेको भन्दै कार्यकर्तालाई विश्वस्त बनाए ।
बुढ्यौली शरीरमा दौडधुप
भारतबाट उपचारपछि फर्किदा खनालले भनेको थिए । “अव सक्रिय राजनीतिमा लामो समय रहन्न ।” यसको मतलब उनी फेरि गृह जिल्लामा उम्मेदवार बन्ने छैनन् । तर राजनीीतक विषय हो, उम्मेदवार नबन्लान् भन्न सकिन्न । यही जिल्लाले खनाललाई राजनीतिक सिकायो भने प्रधानमन्त्री समेत बनायो । यसैले पनि खनाल दौडधुप गर्दैछन् । उनी अहिले संगठन विस्तारमा राम्रै खट्दैछन् ।
आजको प्रशिक्षणपछि पनि उनले धेरै छलफल गरे । स्थानीय तहका अगुवा कार्यकर्तासँग छलफल गरे । खनालका सचिवालयका अनुसार आजै मात्र पनि खनालले माङसेबुङ, सन्दकपुर, इलाम नगरपालिका र रोङ गाउँपालिकाको कार्यकर्तासँग कुरा गरे । माईजोगमाई गाउँपालिकाबाट डेलिकेसन आएको टिमसँग छलफल गरे । यस्तै भोलिपनि उनी कार्यकर्ता प्रशिक्षणमै केन्द्रित रहनेछन् । उनले सूर्योदय नगरपालिकामा प्रशिक्षण कार्यक्रम भ्याउनु पर्ने छ । त्यसपछि अन्य कार्यक्रम पनि छन् । अनि पर्सि झापाको एउटा कार्यक्रम भ्याएर काठमाडौ फर्किने तय भएको छ ।