प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाले १५ औं वार्षिकोत्सवको अवसरमा इलाम नगरपालिका ५ स्थित बौद्धिक अपांग स्रोत कक्षमा सामान वितरण गरेको छ । सञ्चारकर्मी सृजना श्रेष्ठको समन्वयमा मञ्चले साधारण पानी र तातो पानी आउने डिसपेनसर र २३ वटा टावल ( तौलिया/ झाडन)जस्ता सामग्री वितरण गरिएकाे हाे । साथै, इलाम १२ निवासी अनिस कार्कीले व्यक्तिगत रुपमा शैक्षिक सामग्री ( कापी , डटपेन, पेन्सिल), संचारकर्मी सृजना श्रेष्ठले सरसफाइ तथा स्वास्थ्य सामग्रीहरु ( पेस्ट, ब्रस, हार्पिक, हेन्डवास, डिटरजन पाउडर) नुहाउने साबुन) वितरण गरेका थिए ।
प्रवासी इलामेली जनसम्पर्क मञ्च मलेसियाका संस्थापक सदस्य होम भट्टराई, झरेन चौहान र वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले संयुक्त रुपमा स्राेत कक्षका शिक्षक दिनमणी भट्टराईलाई सामग्री वितरण गरिएकाे हाे । बौद्धिक अपाङ्गता भएका २३ वालवालिका रहेका छन् । स्राेत केन्द्रमा ३ तीन जना स्रोत शिक्षक र थप ३ जना रेखदेखको लागि खटाइएका व्यक्तिसहित ६ जना जनशक्ति परिचालन गरिएकाे छ । वालवालिका व्यवस्थापनको लागि प्रतिव्यक्ति मासिक चार हजार रुपैयाँ राज्यले दिने भएता पनि उनीहरुलाई त्यति रकमले गुणस्तरीय स्वास्थ्यसेवा र पौष्टिक आहार दैनिक खुवाउन समस्या रहेको बताइएकाे छ । तथापि, इलाम नगरपालिका र ५ नम्बर वडाले भौतिक संरचना निर्माणमा सहयोग गर्दै रहेकाे वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।
प्रवासी इलामेली जनसम्पर्कले मलेसियाले जिल्ला अस्पताल इलामलाई इमर्जेन्सी ट्रलिबेड, इलामको भालुडुंगामा सेल्फी फ्रेम , श्री माइ भगवती वृद्धाश्रम, राहसल बाल आश्रममा आर्थिक सहयोग साथै थुप्रै व्यक्तीलाई उपचार सहयोगार्थ आर्थिक सहयोग गर्दै आएको छ ।