इलाममा जन्मिएर काठमाडाै बस्दै आएका साहित्यकार तारानाथ (ताना) शर्माको निधन भएको छ। उनको मंगलबार बिहान आफ्नै घरमा निधन भएको हो।शर्मालाई मुटु रोग, रक्तचापलगायत समस्या थिए। उनी ८७ वर्षका थिए। शर्माकाे पुर्खाैली घर इलामकाे बरबाेटे हाे ।
मदन पुरस्कार पुस्तकालयले उनको निधनप्रति श्रद्धान्जली व्यक्ति गरेको छ।शर्माले २०२६ सालमा मदन पुरस्कार पाएका थिए। ‘बेलाइततिर बरालिँदा’ कृतिका लागि उनलाई मदन पुरस्कार दिइएको हो। शर्माले नेपाली साहित्यमा झर्रोवादी आन्दोलन थालेका थिए।
शर्माका समालोचना, उपन्यास, निबन्ध, नियात्रा, साहित्यिक इतिहास लगायतका कृतिहरू प्रकाशित छन्।
बेलायततिर बरालिँदा (२०२६) र पालता प्रवास (२०४२) उनका प्रशिद्ध नियात्रा हुन्।
नमस्ते (२०४४), जीवनका छाल (२०३०), श्रद्धाका सुमन (२०४४) प्रशिद्ध निबन्ध संग्रह हुन्। सुली (२०३०), मेरो कथा (२०२३), झझल्को २०२३), ओझेल पर्दा (२०३५) उनका औपन्यासिक कृतिहरू हुन्।
शर्माले अंग्रजी भाषामा पनि कलम चलाएका छन्।