बन्द गराउँदै हिडेका नेपाल कम्युनिस्ट पार्टी इलामका सेक्रेटरी मौसमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दलले आज नेपाल बन्दको आह्वान गरेका छन् । बन्दको पूर्वसन्धायामा हिजो साँझा दशैभर मसाल जुलुस प्रर्दशन गरिएको थियो ।
पक्राउ पर्नेमा अखिल क्रान्तिकारी इलाम अधक्ष विनोद र जिल्ला सदस्य रुद्र रहेको नेपाल कम्युनिस्ट पार्टी इलामका इन्चार्ज सुमनसिंहले जानकारी दिए ।
सरकारले एमसीसी सम्झौता आज संसदमा टेबल गर्ने तयारी गरेसंगै विभिन्न ६ राजनीतिक दलले नेपाल बन्दको आह्वान गरेका हुन् । नागरिकले एमसीसीको चर्को विरोध गर्ने पनि कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका दलहरु एमसीसी पास गर्ने तयारीमा जुटेका छन।
यसैबीच इमाल इन्चार्ज सुमनसिंहले आफ्ना नेता तथा कार्यकता तुरुन्त रिहा गर्न माग गरेका छन् । विना कारण आफ्ना कार्यकता पक्राउ नगर्न प्रहरीलाई चेतावनी दिएका छन् । उनले बन्दलाई सफल बनाउन आह्वान समेत गरेका छन् ।