किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरूआमा साँवा पवित्रहाङमा लिङदेनलाई नेपाली कांग्रेसले अभिनन्दन गरेको छ ।
धर्मगुरूको ६८ औं नुमाङगेन्ना तथा धर्मगुरूआमाको ६६ औं जन्मोत्सवको अवसरमा कांग्रेसले अभिनन्दन गरेको हो । काग्रेस जिल्ला सभापति डम्बर खड्का नेतृत्वको टोलीले मंगलबार माङसेबुङ गाउँपालिका ५ स्थित लारूम्बामा पुगेर अभिनन्दन गरको जनाइएको छ ।
सभापति खड्काले ‘नेपाली कांग्रेस’ लेखिएको ‘सुन र चाँदी’ द्वारा निर्मित ब्याज धर्मगुरु र गुरूआमालाई लगाईदिएर सम्मान गरेका थिए । विश्व शान्ति, मानव एकता, मानवप्राणी एवम् सृष्टि जगतकै रक्षाको लागि महान् अभियानमा संचालन गरी मानवमा उच्च चेतना जगाई समाज रूपान्तरणको कार्यमा किरात धर्म, संस्कृति, भाषा, लिपी र साहित्यको प्रचार प्रसारमा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको खड्काले बताए ।