जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने माओवादी संसदीय दलले निर्णय गरेको छ। बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने निश्कर्ष निकालेको हो।
सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित हुनुपर्नेमा जोड दिदै आएपनि यो यस विषयमा गठबन्धनभित्र छलफल र सहमति नजुटेका कारण संशोधन र परिमार्जन नगरि अगाडि बढाउन नसकिने माओवादी केन्द्रका सचेतक देव गुरुङले जानकारी दिए।
‘सहमति नजुटे त्यसको विपक्षमा मतदान गर्ने र संशोधन वा परिमार्जन नगरी अगाडि बढाउन सकिँदैन। संसद सुचारु नगरी कुनै पनि एजेण्डा अगाडि बढ्दैन।’ गुरुङले भने।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले आज बस्न लागेको संसदको बैठकमा एमसीसी टेबल हुने विश्वास व्यक्त गरेका छन्। तर, गठबन्धनमा रहदै आएको माओवादी केन्द्रले यस विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने निर्णय गरेको हो ।