प्रहरीले छाडिदियाे इलाममा पक्राउ परेका विप्लवका कार्यकर्ता

बन्द गराउँदै हिडेका नेपाल कम्युनिस्ट पार्टी इलामका सेक्रेटरी मौसमसहित तीन जनालाई प्रहरीले रिहा गरेकाे छ। विहान इलामका विभिन्न ठाउँबाट पक्राउ गरेका कार्यकर्ता बेलुका छाडेकाे हाे ।

पक्राउ पर्नेमा नेपाल कम्युनिस्ट पार्टी इलामका सेक्रेटरी मौसम, अखिल क्रान्तिकारी इलाम अधक्ष विनोद र जिल्ला सदस्य रुद्र रहेको नेपाल कम्युनिस्ट पार्टी इलामका इन्चार्ज सुमनसिंहले जानकारी दिए । यता, नेकपाले बन्द सफल भएकाे जनाएकाे छ ।

सरकारले एमसीसी सम्झौता आज संसदमा टेबल गर्ने तयारी गरेसंगै विभिन्न ६ राजनीतिक दलले नेपाल बन्दको आह्वान गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार