दुई स्रष्टा र एक पत्रकार सम्मानित

अग्रज साहित्यकार एवम् संगीतकार गणेश रसिकद्वारा दुई साहित्यिक स्रष्टा र एक पत्रकार सम्मानित भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा रसिकले आफूले स्थापना गरेका निरा रसिक फाउण्डेसनबाट स्रष्टा र पत्रकारलाई सम्मान गरेका हुन् । रसिकले स्रष्टा चुडामणी शर्मा र एलपी जोशी र पत्रकार चन्द्र भण्डारीलाई सम्मानित गरेका हुन् ।

रसिकले आफ्ना बाबुआमा नरोत्तम रत्नमायाको स्मृतिमा रसिकले निर्माण गरेको निरारसिक फाउण्डेसनबाट शर्मा र जोशीलाई सम्मानित गरियो भने निरा रसिक स्मृति पत्रकारिता पुरस्कारबाट भण्डारीलाई पुरस्कृत गरिएको हो ।
यो फाउण्डेसन रसिकले श्रीमती निरा शेरचनको नाममा निर्माण भएको हो । यसअघि रसिकले गणेश रसिक फाउण्डेसन नाम दिएको भएपनि गत बर्षबाट श्रीमतीको नाममा फाउण्डेसन सञ्चालित छ । रसिककी श्रीमती गएको बर्ष मात्र मृत्यु भएको थियो । स्रष्टालाई प्रदेश पर्यटनमन्त्री खिनु लङ्वा र जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइलीले एकमुष्ट हस्तान्तरण गरेका थिए । फाउन्डेसनले २०७७ सालको रेग्मी र २०७८ सालको जोशीलाई प्रदान गरेको हो । कार्यक्रममा स्वास्थ्य समस्याका कारण रेग्मी उपस्थित थिएनन् ।

कार्यक्रमको अध्यक्षता निरा रसिक फाउण्डेसनका अध्यक्ष गणेश रसिकले गरेका थिए । कार्यक्रममा प्रमुख वक्ताका रूपमा विमल वैद्यले मनत्ब्य गरेका थिए । प्रदेश १ की पर्यटन एवम् संस्कृतिमन्त्री खिनु लङ्वा, जिसस उपप्रमुख चित्रकला वराइली, सम्मानति स्रष्टा एलपी जोशी र चन्द्र भण्डारीले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार राजकुमार दाहालले गरेका थिए । साथै कार्यक्रममा प्रदेश नंं १ नवनिवार्चित मन्त्री खिनु लङ्वालाई बधाइस्वरुप सम्मानपत्र प्रदान गरियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार