इलाम नगरपालिकाका चार संरचना एकै दिन उद्घाटन

  आवाज सम्वाददाता


इलाम । प्रजातन्त्र दिवशको अवसरमा शनिबार इलाम नगरपालिकाले आफूले निर्माण गरेको चार वटा संरचनाहरुको एकै दिन उद्घाटन गरेको छ ।
इलाम नगरपालिका वडा नं. ५ मा नगरपालिकाले निर्माण गरेको स्वास्थ्य केन्द्रको भवनको उद्घाटन गरिएको हो । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख सुशिला नेम्बाङले संयुक्त रुपमा स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन ।
स्वास्थ्य केन्द्र उद्घाटन गर्दै प्रमुख बस्नेतले यहाँका नागरिकले हिजोकोभन्दा अझ बढी सेवा पाउन् भन्ने उद्देश्यले स्वास्थ्य केन्द्र निर्माण गरिएको बताए । नगर प्रमुख बस्नेतले केन्द्रमा आगामी दिनमा सेवासुविधा थप गर्दै नागरिकलाई सेवा दिनुपर्ने बताए । नगरपालिकाले स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार विकासमा पर्याप्त काम गरेको पनि प्रमुख बस्नेतले बताए ।
इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भूजेलले स्वास्थ्य केन्द्र भवनकोे लागत स्टमेट ५२ लाख रुपैंयाँ भएपनि ३१ लाख रुपैयाँमा ठेक्का मार्फत निर्माण सम्पन्न गरिएको बताए ।
इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ठाकूर नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जग्गादाता सागर खतिवडालाई मरणोपरान्त सम्मान गरिएको थियो । अर्का जग्गादाता बसन्त राई र निर्माण व्यवसायी घनेन्द्र भट्टराईलाई सम्मान गरिएको थियो ।

निर्माण व्यवसायी घनेन्द्र भट्टराईलाई सम्मान गर्दै नगर प्रमुख महेश बस्नेत र वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठ ।

इलाम नगरपालिका वडा नं. ९ का अध्यक्ष श्याम घिमिरे, नेपाली कांग्रेसका वडासभापति प्रकाश दुलाल, अमर माविका अध्यक्ष गोविन्द पौडेल, जनकल्याण सामुदायिक पुस्तकालयका अध्यक्ष सटेन्द्र जबेगूलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेविका, शिक्षक, वडा सदस्य र स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
यसरीनै इलाम नगरपालिका वड नं. २ मा नगरले निर्माण गरेको स्वास्थ्य केन्द्र, वडा कार्यालय तथा सामुदायिक भवन र सुम्बेक माविको भवन शनिबारनै उद्घाटन गरिएको छ ।

जग्गादाता बसन्त राईलाई सम्मान प्रदान गरिंदै ।

यि तीनै वटा संरचनाको छुट्टाछुट्टै कार्यक्रमका बीच इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र उपप्रमुख शुसिला नेम्बाङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
इलाम नगरपालिका वडा नं. २ का वडाध्यक्ष नारद लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले स्वागत गर्दै ३२ लाख रुपैयाँमा स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको बताए ।

जग्गादाता सागर खतिवडालाई मरणाेपरान्त गरिएकाे सम्मान ग्रहण गर्दै उनकी छाेरी दुर्गा खतिवडा ।

   उद्घाटन कार्यक्रममा भवन निर्माण स्थलको जग्गा दान गर्ने स्थानीय बीरबहादुर र भक्तबहादुर घिसिङलाई पनि सम्मान गरिएको थियो ।
उद्घाटन कार्यक्रममा दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, सहकारी प्रतिनिधि र स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

सुम्बेक माविकाे उद्घाटन गर्दै‌ प्रमुख र उपप्रमुख ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार