प्रदेश नं. १ का संस्कृति तथा पर्यटनमन्त्री खिनु लङ्वाले काम गर्न सहजताका लागि मन्त्रालय फुटाएको बताएकी छिन् । आज इलामको सूर्योदय नगरपालिकामा बोल्दै लङ्वाले पहिले धेरै विभाग एउटै मन्त्रालयमा रहँदा काम गर्न सहज भएको बताइन् ।
“पहिलो स्वास्थ्य, पर्यटन र संस्कृति मन्त्रालय एकै ठाउँमा थियो ।” लङ्वाले भनिन्,“तर, कामले गति लिन सकेन । कोरोनामै पनि स्वास्थ्य मन्त्रालयले काम गर्न सकेन । त्यसैले मन्त्रालय फुटाउन बाध्य भयौ ।” लङ्वाले मन्त्रालय फटाउनुको बाध्यता भन्दै विगतमा संस्कृतिका कार्यक्रम समेत ओझेलमा परेको सुनाइन् । अब संस्कृति र पर्यटनसँगै रहँदा काम गर्न सहज हुने बताइन् ।