इलाममा जारी प्रथम देउमाई आमन्त्रण गोल्डकप प्रतियोगिताकाे आजकाे खेल पशुपतिप्रसाद गण र भेनस फिक्कल बिच हुनेछ । आजकाे खेल दाेस्राे क्वाटरफाइनल खेल हाे । शनिबारकाे पहिलाे क्वाटरफाइनल खेलमा ओएसिसले शसस्त्र प्रहरी सुनसरीलाई २–० ले हराउँदै बिजयी सुरुवात गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दुवै गोल दोश्रो हाफमा सम्भव बन्यो । दोश्रो हाफको १९ औ मिनेटमा मोहन टुडुले अग्रता दिलाए । ३१ औ मिनेटमा सन्तोष रम्तेलले गोल गरेपछि ओएसिसले सेमीफाइनलमा स्थान बनाउन सफल बन्यो । खेलको म्यान अफ दि म्याच सन्तोष टुडु घोषित भए ।
आगामी फागुन १४ गतेसम्म संचालन हुने प्रतियोगितामा इलाम, झापा, पाँचथर र मोरङका ८ टिमको सहभागिता रहेको छ । युनाइटेड देउमाई युथ क्लबको आयोजनामा रहेको प्रतियोगिताको बिजेताले १ लाख र उपबिजेताले ५० हजार रुपैंयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै बिधागत पुरस्कारमा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड र स्ट्राइकरले जनहि ३/३ हजार र प्रतियोगिताको उत्कृष्ट खेलाडी ५ हजार रुपैंयाँ पुरस्कार पाउनेछन् । त्यस्तै क्वाटरफाइनल खेलमा म्यान अफ दि म्याच हुनेले १ हजार, सेमिफाइनलका खेलमा २ हजार र फाईनल खेलको म्यान अफ दि म्याचले ३ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजक समितिले जानकारी दिएको छ ।