प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता टेबल हुने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि टेबल गर्ने संघीय संसदबाट जारी कार्यसूचीमा उल्लेख छ ।
कार्यव्यवस्था परामर्श समितिको निर्णयपछि एमसीसी सम्झौतालाई संसदको कार्यसूचीमा राखिएको छ । आइतबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले सहभागी भएन । नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र सांसदहरु जयपुरी घर्ती र रेखा शर्माले असहमित राखेका थिए । एमसीसी सम्झौतासँगै आइतबारको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित आएको लोकसेवा आयोगसम्बन्धी विधेयक पनि पेश हुने उनले जानकारी दिए ।