लामो रस्साकस्सीपछि एमसीसी संसद्मा टेबल

लामो समयको रस्साकस्सीपछि अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता संसद्मा टेबल भएको छ ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल भएको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका हुन् । यसअघि, आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको थियो । संसद् बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमसीसी टेबल गर्ने निर्णय भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार