धरान नजिकैको जंगलमा विभत्स अवस्थामा फेला परेको शवको अझै खुलेन पहिचान

गत बुधबार धरान उपमहानरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा छुट्टछुट्टै जेब्रा झोलामा शव भेटिएका व्यक्तिको अझै पहिचान खुल्न सकेको छैन ।

टुक्रा–टुक्रा र अलग–अलग जेब्रा झोलामा भेटिएको शवको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको भए पनि ६ दिन बित्दासमेत मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले मृतकको स्केच र हुलिया सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले मृतकको पहिचान नखुलेको भन्दै स्केच सार्वजनिक गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

डिएसपी कुँवरका अनुसार मृतक को हुन् भनेर सनाखत हुन नसकेपछि स्केच बनाएर सार्वजनिक गरिको हो । यो स्केच अपराध महाशाखाबाट तयार गरिएको पनि उनले जानकारी दिए ।

डिएसपी कुँवरले भने,“मृतक को हुन् भनेर सनाखत हुन सकेन । कोही आफन्तजन पनि सम्पर्कमा आएको छैन । त्यसैले ब्युरोबाट स्केच बनाएर सार्वजनिक गरी ७ वटै प्रदेशका प्रहरी कार्यालयहरुमा पहिचानका लागि हुलियासहितको सूचना र स्केच जारी गरिएको छ ।”

फागुन ४ गते साँझ पौने धरान–भेडेटार सडक खण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा निलो पहेंलो रंगको जेब्रा झोला फेला परेको थियो ।

त्यस झोलामा प्याक गरिएको अवस्थामा एक पुरुषको टाउको र दाहिने खुट्ट फेला परेको थियो । जंगलमा घास काट्ना गएका गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसको भोलिपल्ट (बिहीबार) बिहान प्रहरीले फेरि अर्को जेब्रा झोलामा बाँकी शरीर पहिले टाउको र खुट्टा भेटिएको स्थानभन्दा करिब १ किलोमिटर माथि जंगलामा फेला पारेको थियो ।

शरीरीका पूर्ण भाग फेला परे पनि ती पुरुषको सनाखत हुन सकेको छैन । सनाखत नहुँदा प्रहरीलाई अनुसन्धान गर्न कठिन भएको छ ।

संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले उक्त घटनाको गम्भीररुपमा अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार