चैतभित्र सहरी खानेपानी धारामा आउने

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा इलाममा निर्माण भइरहेको सहरी खानेपानी आयोजनाको ९० प्रतिशत काम सक्किएको छ ।
अब आगामी चैत महिना भित्र उपभोक्ताका घर÷घरमा पानी झार्ने गरि काम भइरहेको उपभोक्ता समिति अध्यक्ष केदार थापाले बताए ।
‘अहिले होरिजेन्टल फिल्टरमा हालेर पानी टेस्ट हुँदैछ, फिल्टर मिडियाको पनि काम हुँदैछ,’ थापाले भने ‘कम्प्युटर सिस्टम स्काडाबाट पानीको स्वीच अन अफ हुने प्रविधि भएकाले त्यसकालागि चेम्बरहरु बन्दैछन् ।

कम्तिमा पनि चैत भित्र जडान भइसकेका उपभोक्ताका धारामा पानी खसाउने लक्ष्य छ ।’ थापाले भने ‘नगरपालिका भित्र भने सडकहरु निर्माणले वितरण पाइपमा केही क्षति पुगेको छ, नगरप्रमुख सँग पनि यो विषयमा कुरा भएर पुनः मर्मत गर्ने तयारी छ ।’ थापाले अब क्रमशः रिर्जव टंकी र वितरण लाइनहरुमा परिक्षणका लागि पानी छोड्दै जाने जानकारी दिए ।
करिब चार हजार घरधुरीलाई खानेपानी पु¥याउने लक्ष्य राखिएको आयोजनामा हाल सम्म २८ सय धारा जडान गरिसकिएको उपभोक्ता समितिले जनाएको छ । ८४ करोड करोड ७९ लाख १८ हजार छ सय १५ रूपैयाँ कूल लागत रहेको आयोजनाको निर्माणका लागि भने ५७ करोड ९५ लाख रुपैयाँको सम्झौतामा आयोजनाको काम भइरहेको बताइएको छ । आयोजनाको कुल लागतको ७० प्रतिशत रकम एडिबीले बेहोर्नेछ । सुरुको लागतको अनुमानित रकम ५ प्रतिशतले हुन आउने ४ करोडभन्दा बढी कम उपभोक्ताले जम्मा गरेका थिए । २५ प्रतिशत रकम इलाम नगरपालिकाले नगर विकास कोषबाट ऋण लिएको छ । नगरपालिकाले कोषबाट १४ करोड ४८ लाख रुपैयाँ ऋण लिएको हो । यो आयोजनाको पानी आएपछि इलाम बजार र आसपासका क्षेत्रका उपभोक्ताले चौबीसै घण्टा पानी प्राप्त गर्नेछन् ।
एसियाली विकास बैंक (एडिबी)को मुख्य लगानी रहेको आयोजनाको रमण कन्स्टूक्सन एन्ड जिआइइटिसी जेभीले काम गरिरहेको छ । नगरपालिकामा यसअघि आपूर्ति हुँदै आएको गिताङ खोलाबाट १६, मेवा र रातेखोलाबाट दश÷दश लिटर तथा भाँडीखोलाबाट प्रतिसेकेन्ड पाँच लिटर पानी आपूर्ति गरेर जस्बिरेमा रहने ‘ट्रिटमेन्ट प्यान्ट’सम्म ल्याइने छ ।
२० वर्ष सम्म डिजाइन अवधि रहेको आयोजनाकालागि चारवटा इन्टेक, एक हजार तीन सय ९२ घनमिटरका नौंवटा पानी ट्यांकी र चार हजार एक सय निजी धारा रहने उल्लेख छ ।
४१ किलोमिटर आयोजनाको प्रसारण लाइन हुनेछ । आयोजना अन्तर्गत इलाम नगरपालिका ६, ७, ८ र ९ का नगरका ४ हजार १ सय धारामा चौबीसै घण्टा खानेपानी आउने छ । अब प्रतिसेकेन्ड ४१ लिटरका दरले पानी जम्माहुने फिल्टर ट्याँकीको काम बाँकी रहेको अध्यक्ष थापाले जानकारी दिए । आयोजनाको लाभान्वित संख्या २०१९ मा २८ हजार एक सय ७२ र २०३९ मा ३९ हजार आठ सय ६० जनसंख्या प्रक्षेपण गरिएको थियो ।

यस्तै आयोजनाका उपभोक्ता घरधुरी २०१९ मा २८ सय ६८ र २०३९ मा चार हजार एक सय घरधुरी पुग्ने एडीबीसँगको सम्झौतामा उल्लेख छ । सम्झौतामा २०७५÷०७६ मा निर्माण शुरू भएर ०७७÷०७८ मा सम्पन्न हुने उल्लेख गरिएको थियो । गतवर्षनै पानी धारामा झार्नै लक्ष्य भएपनि कोभिडका कारणले लक्ष्य पूरा गर्न ढिलो भएको थापाको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार