रिटर्नी फेडेरेसन इलामको अध्यक्षमा हेमन्त

नेकपा (एमाले) भातृ संगठन रिटर्नी फेडेरेसन नेपाल, इलामको प्रथम जिल्ला सम्मेलन आयोजक कमिटी शुक्रबार इलाममा भएको रिटर्नीहरुको भेलाबाट चयन भएको छ ।

फेडेरेसन इलामको अध्यक्षमा हेमन्त आचार्य ,उपाध्यक्ष महिला खाली र मुकुल खड्का ,सचिव योगेन्द्र आचार्य,उप–सचिव कृष्ण लिम्बू,बिष्णु दंगाल,कोषाध्यक्ष बुद्धराज लिम्बूसहित २१ सदस्यीय प्रथम जिल्ला सम्मेलन आयोजक कमिटी निर्माण भएको छ ।

दशै स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्किएका नेकपा एमालेका संगठित सदस्यहरुलाइ फेडेरेसनको ११ सय सदस्यता वितरण गर्ने, पालिका कमिटीहरू निर्माण सम्पन्न फागुन मसान्त सम्म गर्ने र फागुन २८ गते रिटर्नी फेडेरेसन नेपाल, इलामको प्रथम जिल्ला सम्मेलन सम्पन्न इलाम नगरपालिकामा गर्ने निर्णय भएको छ ।

भेलामा पार्टी केन्द्रिय सदस्य राम रानाको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष महेश बस्नेत र फेडेरेसनको केन्द्रिय उपाध्यक्ष एवं प्रदेश एक इन्चार्ज बिनोद भट्टराईको विशेष आतिथ्यता , जिल्ला पार्टी नेता नरेन्द्रनाथ भट्टराई ,गणेश बराल,उदय राई, सरु राई, नरेश तामाङ उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार